Websoft University

प्रदेश १ बाट १,३१० संक्रमणमुक्त, ४८६ संक्रमित थपिए

 


विराटनगर, २९ जेठ । रातो तारा डट कम, प्रदेश १ बाट आज १ हजार ३१० जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५२४ महिला र ७८६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ४८ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ४८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १९३, सुनसरीमा १३५, झापामा १०८, धनकुटामा १४, उदयपुरमा ६, संखुवासभा र भोजपुरमा ४–४, ते¥हथुम, इलाम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरमा ११७, बुढीगंगामा १८, कानेपोखरीमा १७, बेलबारीमा ११, कटहरीमा ६, पथरीशनिश्चरेमा ५, सुन्दहरैचामा ४, जहदा र स्थानीय तह नखुलेका ३–३, सुनबर्षीमा २, रंगेली र उर्लाबारीमा २–२, रतुवामाई, लेटाङ, केराबारी र ग्रामथानमा १–१, सुनसरीको धरानमा ६२, इटहरीमा ३१, इनरुवामा २०, दुहवीमा ७, रामधुनीमा ६, बराहक्षेत्रमा ५, बर्जुमा २, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ७४, भद्रपुरमा १६, मेचीनगरमा ५, विर्तामोडमा ४, कचनकवलमा ३,  शिवसताक्षी , कमल, बा¥हदशी,  अर्जुनधारा र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ । 

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिबासमा ४, शहिदभूमी, महालक्ष्मी, चौविसे र  छथरमा १–१, उदयपुरको रौतामाई र त्रियुगामा २–२, कटारी र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा ३ र मादीमा १,  भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका ३, ते¥हथुमको फेदापमा १, इलामको चुलाचुलीमा १, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६५ हजार ३४१ पुगेको छ । सक्रिय संक्रमितको संख्या १५ हजार ७५२ रहेको छ ।  प्रदेश १ मा आज १ हजार ४१९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २२६ महिला र २६० जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.