Websoft University

मानसिक असन्तुलनको सिकार बनेकी बेलबारी ९ की एक युवतीको उपमेयर द्वारा उद्दार


मोरङ बेलबारी असार २ गते । रातो तारा डट कम,लामो समयदेखि मानसिक असन्तुलनको सिकार बनेकी बेलबारी ९की  एक युवतीको सोमबार उद्दार गरिएको छ।बेलबारी ९ स्थायी बसोबास गर्दै आएकी शलोचना राजबंशी  साङ्लोमा बाँधिएको खवर सुनेपछि उपमेयर, वडा नं ९ का वडाध्यक्ष स्थानीय समाजसेवीहरु सहित नगरपालिकाको टीम उक्त स्थानमा पुगेको थियो।

 मानसिक रोगी भएकै कारण शलोचना घरमा परिवारसँग नबस्ने,गाउँ गाउँ घुम्ने,खासै बोल्न नचाहने,बोलिहाल्दा पनि झर्केर बोल्ने,बालबालिकालाई कुटपिट गर्ने,औषधी नखाने समस्याका कारण परिवार आजित भएको उनका बुबा दरपद चन्द्र राजबंशीले बताए।कमजोर आर्थिक अवस्था,श्रीमान दरपद राजबंशी ७५ बर्ष पुगिसकेका आफू पनि बृद्धअबश्था भएकोले आफ्नै स्याहार गर्न नसक्ने समय जवान छोरीको स्याहार सुसार गर्न ज्यादै कठिन भएको शोलोचनाकी आमा दाखादेवि राजबंशीले बताइन्।

 एकातिर कमजोर आर्थिक अवस्था अर्कोतिर आफ्नै नगरपालिकाभित्र युवती साङ्लोभित्र बाँधिएको खवरले आफूलाई असाध्यै दुखी बनाएकोले मानसिक रोगबाट पीडित शोलोचनालाई उद्दार गरि तत्काल इटहरी स्थित मायाघरको संरक्षकत्वमा राखिएको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन्।

 जवान छोरीको दुर्दशापूर्ण अवस्थाले आफूहरु चिन्तित भइरहेको र आफूहरु बेसहाराजस्तै भइरहेको बेला जनप्रतिनिधिहरु घरमै आएर छोरीको उद्दार गरेकोमा राजबंशी दम्पतिले उपमेयर ढाकाकुमारी पराजुली र वडाध्यक्ष नगेन्द्र खड्कालाई धन्यवाद पटकपटक दिए।

 उद्दार कार्यमा ई प्र का बेलबारी समाजसेवी राजेन राई र स्थानीयहरुले सहयोग गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.