Websoft University

करेन्ट लागेर एकजना को मृत्युु

 


गाईघाट २३ जेष्ठ । रातो तारा डट कम,बिधुत प्राधिकरणका कर्मचारीको लापरवाहीले आईतबार बिहान एक बृद्धको मृत्यु भएको छ । बाटोमा चुडिएर खसेको बिधुत तार मा खुट्टाले छुदा तत्कालै करेन्ट लागेर चौडण्ढीगढी नगरपालिका ८ का ७२ वर्षिय अलमान बिश्वकर्माको मृत्यु भएको हो । छोराको घर तर्फ जादै गर्दा बाटोमा रहेको बिधुत तार लाई अचानक उनले छोएका थिए । तारमा करेन्ट प्रभाव भैरहेकोले उनको तत्कालै घटनास्थलमै मृत्यु भएको प्रहरी ले जनाएको छ । स्थानीय भक्त खड्काले बिधुतको तार शनीबार राती चुडिएको र बिधुतका कर्मचारी लाई फोन मार्फत जानकारी गराएको बताए । तर बिधुतका कर्मचारीले बिधुत लाईन बन्द नगर्दा मानविय क्षती भएको उनले बताए । बिधुत कर्मचारीको हेलचेका्रई बाट भएको घटनाको छानबिन गरी दोषि कर्मचारी लाई कार्यवाहि गरिनु पर्ने र मृतक परिवार लाई क्षतिपुर्ति उपलब्ध गराउनु पर्ने बेलटारका समाजसेवी केदार कटुवालले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.