Websoft University

सुन्दरदुलारी उद्योग वाणिज्य संघद्धारा आगलागी पिडितलाई सहयोग!

 


मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ३ का आगलागी पिडितलाई सुन्दरदुलारी उद्योग वाणिज्य संघले सहयोग गरेको छ। वडा नम्बर ३ स्थित लक्ष्मी नारायण टोल निवासी मनकुमार धिमालको घरमा आईतबार बिहान अन्दाजी साढे ५ बजे आगलागी भएको थियो। भाडामा बस्ने दुर्गा बहादुर पराजुलीको कोठाबाट ग्यास लिक भएर आगलागी भएको वडा नं ३ का वडाध्यक्ष जिवन ढुङ्गानाले बताएका छन्। 


प्रहरी र सुन्दरहरैंचा नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।आगलागी बाट घरायसी दुई वटा कोठा पूर्ण रूपमा क्षति भएको र सबै सामान जलेर नष्ट भई ७ लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी पिडितलाई सुन्दरदुलारी उद्योग वाणिज्य संघले सहयोग गरेको छ।आगलागीका कारण क्षति पुगेकाले पहिलो चरणमा भाँडाकुँडा, ओढ्ने ओछ्याउने, डसना, ब्ल्यांकेट,  खाद्यान्न सामाग्री र ग्याँस चुलो सहयोग गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीले बताए।जुनसुकै आपातकालीन अवस्थाबाट पिडित हरेक मानिसको दुःखमा वाणिज्य संघले सहयोग गर्ने अध्यक्ष कार्कीले बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.