Websoft University


काठमाडौ  बैशाख २४ गते । रातो तारा डट कम,कपिलवस्तु विश्वव्यापी कोरोनाको दोश्रो लहरको संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा मिति २०७८।०१।२१ गते देखि निषेधाज्ञा लागु गरे पश्चात आज चौथो दिन मिति २०७८।०१।२४ गते यस जिल्ला र मातहत समेतले गरी विभिन्न स्थानमा निषेधाज्ञाको अवज्ञा गर्ने तथा आफु खुसी सवारी साधनमा आवत-जावत गर्ने व्यक्तिहरुबाट १०१-मोटरसाईकल, १२-अटोरिक्सा, साईकल-१७, बस-१ गरी जम्मा १३१  थान सावारी साधनहरु नियन्त्रणमा लिई तोकिएको कानून बमोजिम आवश्यक कारवाही गरिएको छ ।               

साथै अनावश्यक हिंड(डुल गर्ने १०० भन्दा बढी व्यक्तिहरुलाई कार्यालय प्रमुख स्वयम् प्रहरी उपरीक्षक (नवराज अधिकारीज्यू) ठाउँ-ठाउँमा गई केही समय होल्ड गरेपश्चात सम्झाई(बुझाई, मास्क प्रयोग नगरेका व्यक्तिहरुलाई मास्क समेत दिई घर पठाउने र नेपाल सरकारले कोरोना नियन्त्रणको लागि लागू गरेको यस निषेधाज्ञा पालना गरी प्रहरी सार्वजनिक सेवामा सहयोग गर्न अपिल गर्नु भएको छ ।

हाल विश्वकै अवस्था जीवन- मरणको संघारमा रहेको र मानवीय जगतको अस्तित्वका लागि पनि हामी केही समय घर भित्रै रहेर साथ र सहयोग गरिदिनु हुन जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु हार्दिक अपिल गर्दछ । तपाईंहरु घरमै बस्नुहोस, हामी हजुरहरुको सुरक्षामा २४ घण्टा बाहिरै छौं ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.