Websoft University

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि वर्षा हुने

 


काठमाण्डौ बैशाख ३० गते । रातो तारा डट कम,जल तथा मौसम विज्ञान विभागले आजपनि देशका अधिकांश स्थानमा वर्षा हुने बताएको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको विभागले जनाएको छ । 

गण्डकी तथा बागमती प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको भन्दै विभागले बाँकी प्रदेशका पनि केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ । आज बिहान मौसम सम्बन्धी बुलेटिन जारी गर्दै आज दिउँसो पनि देशभर सामान्य बदली रहने साथै, देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको बताएको छ । यस्तै आज अपराह्नतिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ । 

यस्तै आज राति प्रदेश १ सहित देशका पहाडी भू–भागहरुमा सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ । प्रदेश नम्बर १ का साथै अन्य पहाडी भू–भागका  थोरै  स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.