Websoft University

उदयपुरमा भेन्टिलेटर मेसिन सहितको पाच वटा आईसियु बेड संचालनमा आउन सकेको छैन


 गाईघाट २८ बैशाष। रातो तारा डट कम,कोरोना संक्रमितको भेन्टिलेटर अभाबमा उपचार नपाई मृत्युवरण गरिरहनु परिरहेको अबस्थामा उदयपुरमा भने दक्ष जनशक्ति अभाबमा एक वर्ष अघि जडान गरीएको भेन्टिलेटर प्रयोग विहिन बनेको छ । जिल्ला अस्पताल उदयपुरमा प्रदेश सरकारको १ करोड रुपैयाको लागतमा जडान गरिएको २ वटा भेन्टिलेटर मेसिन सहितको पाच वटा आईसियु बेड संचालनमा आउन सकेको छैन । दक्ष चिकित्सकको अभावमा भेन्टिलेटर संचालनमा आउन नसक्दा कोरोना संक्रमित विरामी लाई उपचारको लागि अन्यत्र पठाउनु परेको  छ। उदयपुरमा अहिले सम्म कोरोना संक्रमितको संख्या २ सय ८६ पुगेकोमा दुई जना बिरामिलाई भेन्टिलेटरमा राखेर  उपचार गर्नु पर्ने अबस्था आएको थियो । तर एक वर्ष देखि संचालनमा नआउदा ति बिरामिहरु लाई विएनसी हस्पिटल बिर्तामोड झापा र बिराट मेडिकल कलेज बिराटनगरमा भर्ना गर्नु परेको छ । कोभिड संक्रमितको संख्या दिनहु वढिरहेको अबस्थामा जिल्लामै सुबिधा सम्पन्न आईसियु भएपनि दक्ष जनशक्ति अभाबमा संचालनमा आउन नसक्दा बिरामिहरु लाई समस्या परेको छ । जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर जीव नारायण मण्डलले सम्बन्धित चिकित्सक नहुदा प्रयोगमा आउन नसकेको बताए । “हामिले भेन्टिलेटर सहित को आईसियु संचालन तत्काल गर्नको लागि केन्द्र र प्रदेश सरकार लाई पटक,पटक आग्रह गर्यौ । तर माग सुनुवाई भएन” । उनले भने । “अहिले कोभिड संक्रमित को संख्या बढिरहेको छ । गम्भिर प्रवृतिको बिरामि लाई तत्काल भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने अबस्था अाँए बिरामि लाई बाहिर रेफर गर्नुको कुनै बिकल्प छैन” । उनले भने । यस्तो माहामारी फैलिएको अबस्थामा कतै बाट कुनै सुनुवाई नभएको उनले बताए ।  गत वर्ष उदयपुरमा कोरोना संक्रमण फैलिए पछि जिल्ला अस्पताल उदयपुरमा पहिलो पटक भेन्टिलेटर सहितको आईसियु बेड स्थापना गरिएको थियो । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग बहादुर दर्नालले जिल्ला अस्पताल उदयपुरमा रहेको आईसियु कक्ष तत्काल संचालनमा ल्याउन केन्द्र र प्रदेश सरकार  संग दक्ष जनशक्ति को माग गरिएको भएपनि अझै सम्म काम हुन नसकेको बताए । 


                            

                       परिक्षणको दायरा बढाउन माग

गत बर्ष कोरोना हट स्पोट बनेको उदयपुरमा अहिले परिक्षणको दायरा निकै न्युन रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयले अहिले दैनिक ५० देखि १०० जना मात्रको कोरोना परिक्षण गरिएको छ । न्युन रुपमा भैरहेको परिक्षण को कारण संक्रमितको संख्या पनि कमै देखिएको छ । तर परिक्षणको दायरा बढाईएमा संक्रमितको संख्या निकै बढ्ने संभावना रहेकोे स्वयम स्वास्थ्यकर्र्मीहरु बताउछन । परिक्षणको दायरा बढा्उन चौतर्फि माग भए पनि जनशक्ति अभाव र एन्टिजेन किट अभाबको कारण दायरा बढा्उन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुबेदीले बताए । उनले जिल्लाको चार नगरपालिकाले पाच सयको दरले २ हजार र चार वटा गाउपालिका ले तिन सय वटा को दरले १ हजार २ सय एन्टिजेन किट खरिद गरेर स्वास्थ्य कार्यालय दिने निर्णय भएको बताए ।“ ति किट उपलब्ध भए । लगतै परिक्षण को दायरा बढाउने छौ” । उनले भने । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.