Websoft University

 


सुनसरी इटहरी जेठ ११ गते ।रातोतारा डट कम, इटहरी उपमहानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणमा जुटन सवैपक्षसँग आग्रह गरेको छ । सर्वपक्षीय छलफल आयोजना गरेर यस्तो आग्रह गरिएको हो ।

उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा स्वास्थ्य सर्तकता पालन गरेर भएको छलफलमा इटहरी उपमहानगरद्धारा कोरोना रोगथाम र नियन्त्रणमा अहिले सम्म गरिएका कार्यका वारेमा जानकारी गराइएको छ । स्वास्थ्य शाखाका विकास पौडेलले महामारी नियन्त्रणमा टेस्टिङ्ग,कन्ट्राक ट्रेसिड,आइसोलेसन र उपचार रणनीति अवलम्वन गरिएको जानकारी गराइयो । परीक्षणको दायरा  वढाएर हाल सय वढिको परीक्षण थालिएको र त्यसलाई अझ वढाउन प्रयास भइरहेको जानकारी दिनुभयो ।समुदायस्तरमै गएर एन्टिजेण्ट परीक्षण गर्न थालिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो । वैठकमा नेकपा एमाले इटहरी अध्यक्ष याम सुव्वा,नेपाली काँग्रेस नगर सभापति हेमकर्ण पौडेल,नागरिक समाजका अध्यक्ष सन्त डुम्जन,पूर्व अध्यक्ष कमलेश पौडेल,रेडक्रस सभापति विमल पौडेल,मुक्तिधाम ब्यवस्थापन समितिका अध्यक्ष हेम घिमिरेले सुझाव प्रस्तुत गर्नुभयो । छलफलमा पीसीआर परीक्षण गर्ने मेशिन खरिदका लागि सहयोग गर्ने त्यसको संचालन र ब्यवस्थापन उपमहानगरले गर्नुपर्ने प्रस्ताव गरिएको छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले सो को प्राविधिक पक्ष अध्यन गरेर आवश्यक निर्णय लिइने वताउनुभयो । वडा नम्वर ४ का अध्यक्ष चन्द्र भटटराई र वडा नम्वर ६ का अध्यक्ष दिपक गौतमले कोरोना रोगथाम र नियन्त्रणमा वडामा भइरहेका कार्यका वारेमा वताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.