Websoft University

बजार अनुगमन;म्याद नाघेका सामान जफत

 



बैशाख २१/बेलबारी। रातो तारा डट कम,बेलबारी नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएसँगै म्याद गुज्रिएका सामानहरु फेला पारेको छ।खाद्य तथा किराना पसलहरुसँगै अनुगमन समितिले बेलबारी स्थित कृषि भण्डार अनुगमन गर्ने क्रममा  हिमाली एग्रोभेट कन्सर्न बेलबारी २ मा म्याद गुज्रिएका विभिन्न प्रकृतिका बीउ,किटनाशक औषधीहरु फेला पारेको नगरस्तरीय उपभोक्ता हित संरक्षण समिति बेलबारीले जनाएको छ।बेलबारी नगरपालिकाकी उपमेयर एवम् नगरस्तरीय उपभोक्ता हित संरक्षण समिति बेलबारीकी संयोजक  ढाकाकुमारी पराजुलीको संयोजकत्वमा आइतबार र सोमबार भएको बजार अनुगमनका क्रममा बेलबारीका केही मुख्य बजारहरुको अनुगमन भएको बजार अनुगमन संयोजक महेन्द्र खड्काले बताए।अनुगमनका क्रममा वीडमार रुपर,सुर्याक्सील कोफ,समाधान,सिग्नेयर गोफ,सोनाश्री पाउडर,मैजिङ्क लगायत विभिन्न प्रकृतिका म्याद नाघेका सामग्रीहरु पाएको र मुचुल्का उठाएर जफत गरेको समितिले बताएको छ।अनुगमनका क्रममा अनुमतिविनै संचालित बेलबारी २ कै एक मेडिकल पसललाई विधिवत हुन एक साताको अल्टिमेटम दिएको छ।

 संक्रमणका समयमा बीउ बीजन,किटनाशक औषधीसँगै दैनिक उपभोग्य सामग्रीहरुको आपूर्ति सहज बनाउँन, बजारलाई अझ व्यवस्थित,मर्यादित र उपभोक्तामैत्री बनाउनु पर्ने भएकोले पनि सङ्क्रमणका समयमा हामीले बजारलाई खास निगरानी गरेका हौँ।´बजारमा उपभोक्ता हित विपरीत मनोमानी गरेको पाइए कार्वाही हुन्छ-उपमेयर एवम् उपभोक्ता हित संरक्षण समितिकी संयोजक ढाकाकुमारी पराजुलीले भनिन्।

अनुगमन टोलिमा उपमेयर एवम् उपभोक्ता हित संरक्षण समिति प्रमुख ढाकाकुमारी पराजुली, बजार अनुगमन समिति संयोजक महेन्द्र खड्का,स्वास्थ्यकर्मी सन्तोष वि क,कर्मचारी रमेश अधिकारी,सुरक्षाकर्मीहरु प्रेम  वि क,सुगम थारु लगायतको उपस्थिति रहेको थियो।

 बेलबारी नगरपालिकाले बजार अनुगमनलाई बर्षभरि नै निरन्तरता दिँदै आएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.