Websoft University

रेम्डेसिभर औषधि बढी मूल्यमा बेचेर कालोबजारी गर्नेलाई अव कारवाही हुने


काठमाण्डौ बैशाख २१ गते । रातो तारा डट कम,औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डेसिभर बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने भएको छ । विभागका महानिर्देशक भरत भट्टराईले हिजो सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने बताउनुभएको छ । सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डेसिभर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारवाही गरिने उहाँको भनाइ छ । विभागले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्न÷नगराउन तथा तोकेको खुद्रा मूल्यभन्दा बढीमा खरीद नगर्न सबैमा आग्रहसमेत गरेको छ । अहिले सङ्क्रमण बढिरहेका अवस्थामा रेम्डेसिभरलाई बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । रेम्डेीसभरको एक मात्राका लागि करीब रु पाँच हजार पर्छ । 


 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.