Websoft University

विज्ञप्ती–जसपा अर्काे बन्ने सरकारमा नजाने


काठमाण्डौ बैशाख २८ गते । रातो तारा डट कम,जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्काे सरकार निर्माणमा संलग्न नहुने बताउनुभएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा (भट्टराई–यादव पक्ष) ले नयाँ सरकार गठनका लागि तयारी गरिरहेका बेला जसपाकै अध्यक्ष ठाकुरले भने मध्यराति विज्ञप्ति जारी गर्दै त्यसको विरोध गर्नुभएको हो । हिजो संसदमा पनि जसपाकै डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका सांसदले ओलीविरुद्ध मत हाले पनि अध्यक्ष ठाकुर पक्षका सांसद भने पक्ष वा विपक्ष कतै नलागी तटस्थ बसेका थिए । जारी विज्ञप्तिमा पनि ठाकुरले पुनः ओली नै प्रधानमन्त्री हुनुपर्ने जिकिर गर्नुभएको छ । आफ्ना पार्टीले उठाएका मुद्दाबारे उहाँसँग भएका वार्ता सकारात्मक तथा कार्य–प्रगतिसमेत भइरहेकाले आफू अर्काे सरकारका पक्षमा नरहेको ठाकुरले उल्लेख गर्नुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.