काठमाडौ । रातो तारा डट कम, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु कोरोनाको बढ्दो महामारीबाट हजुरहरुलाई बचाउँने र बाच्ने कार्यमा अहोरात्र खटिरहेको छ ।
कोरोना संक्रमणको बढ्दो लहर र अस्पतालहरुमा देखिएको
Oxygen Gas Cylinder अभावलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय र मातहत एकाईहरुले अहोरात्र खटिई सर्वसाधारणको ज्यान बचाउन र बाच्न पाउने जस्तो मानव अधिकारको आधारभूत मुल्यलाई सुनिश्चित गर्न हामी प्रहरी कर्मचारीहरु २४ घण्टा हजुरहरुको सेवामा तल्लिन रहदै
Oxygen Gas Cylinder,विभिन्न उधोग -कलकारखानाहरुमा रहेका मध्येबाट संकलन गरी कोरोनाको संक्रमण सामान्य भय पश्चात फिर्ता गर्ने गरी ई।प्र।का। चन्द्रौटाबाट थान-५७, जि।प्र।का। दाङमा थान-३२, विजय स्टिल सप्लायर्समा थान-२० र सिद्धबाबा ट्रेड एण्ड रिट्रेडमा थान-५ ग्यास भर्नको लागि बुझाईएको, र ई।प्र।का। पिपराबाट थान-६, ई।प्र।का। गोरुसिङेबाट थान-४, व।प्र।का। तौलिहवाबाट थान-६ गरी कपिलवस्तु जिल्ला अस्पतालको लागि कपिलवस्तु न।पा।का मेयर किरण सिंह मार्फत जम्मा थान-१६ गरी आज मिति २०७८र०१र२५ गतेसम्मजम्मा थान-७३हस्तान्तरण गरिएकोछ । क्रिपया केहि दिन निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्नु हुन यस जिल्ला प्रहरी कार्यालय हार्दिक विनम्रता साथ अपिल गर्दछ । यो मानवीय अस्तित्वलाई नै चुनौती दिईरहेको कोरोना संक्रमणलाई परास्त गर्न सामूहिक भेलालाई भङ्ग गरी अति आवश्यक काममा मात्र स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी सिमित संख्यामा काममा जानुहोस । यस कार्यमा घरमै बसि प्रहरी काममा सघाउने सम्पु्र्णप्रती प्रहरी परिवार हार्दिक आभारका साथ आगामी दिनमा समेत अझ सहयोगको अपेक्षा गर्दछौं ।
Post a Comment