Websoft University

 


काठमाण्डौ जेठ ११ गते । रातो तारा डट कम,लमजुङ प्रहरीले निषेधाज्ञामा अटेर गरेर सवारीसाधन चलाएको भेटिएमा २ पाङ्ग्रेलाई २ हजार रुपैयाँ र ४ पाङ्ग्रेलाई ५ हजार रुपैयाँ जरिवाना तोकेको छ । निषेधाज्ञ उल्लङ्घ गरेर हिँड्ने जोकसैलाई २ सय रुपैयाँ जरिवाना तोकेको छ । यो नियम आजबाट लागु हुने प्रहरीले जनाएको छ । निषेधाज्ञामा सवारी चलाएमा जरिवानासहित सवारीसाधनलाई निषेधाज्ञा अवधिभर नियन्त्रणमा राख्ने प्रहरीले बताएको छ । निषेधाज्ञाको उल्लङ्घन गरेमा कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो । लमजुङमा जेठ २० गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।







 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.