Websoft University

सामाजिक सुरक्षा कोषको सहजीकरण एकाई सञ्चलनमा आयो

 


विराटनगर १९ वैशाख । रातो तारा डट कम,नेपाल सरकारले २०७६ श्रावण देखि लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका सम्वन्धमा जानकारी एवं कोषमा सूचिकरण, दावी भुक्तानी लगायतका विषयमा सूचना एवं सेवाहरु प्राप्त गर्नका लागि श्रमिकहरुले काठमाडौ  धाउनु पर्ने वाध्यतालाई मध्यनजर गरी उद्योग संगठन मोरङले सामाजिक सुरक्षा कोषको कार्यालय, काठमाण्डौंसंगको समन्वयमा उपत्यका वाहिर प्रथम पटक सामाजिक सुरक्षा  कोषको सहजीकरण एकाई सञ्चलनमा ल्याएको  छ ।  

संगठनको सचिवालयमा रहेको एकाईले सामाजिक सुरक्षा योजनाहरु सम्वन्धि अभिमूखिकरण, उद्योग प्रतिष्ठान र श्रमिकहरुलाई सूचिकरण सम्वन्धि जानकारी उपलब्ध गराउनुका साथै रोगजारदाता र योगदानकर्ताहरुको सूचिकरणका लागि प्राविधिक सहयोग गर्दै सेवाग्राही र सामाजिक सुरक्ष्ाँ कोष काठमाण्डौं वीच समन्वयकारी भूमिका निर्वाह गर्नेछ । 

त्यसैगरी दाबी भुक्तानीका लागि आवश्यक कागजात र प्रकृयाको जानकारी, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्तता सुरक्षा  योजना, आश्रित परिवार सुरक्षा योजनाको दाबीका लागि आवश्यक कागजातको प्रारम्भिक रुजु, वृद्ध अवस्था सुरक्षा योजना दावीका लागि प्रकृयाका साथै योजनाहरुको दाबी भुक्तानीको अवस्था वारे एकाईले सहजीकरण गर्ने छ ।  

संगठनमा स्थापना भएको एकाईले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गराउन रोजगारदाता र श्रमिक वीच समन्य, सुरक्षा योजनाहरुको दावी भुक्तानीमा सम्वन्धमा रहेको अन्यौलता हटाई सामाजिक सुरक्षा कोषमा यस कक्षेत्रका  श्रमिकहरुको पहुँच  स्थापित गर्न सहयोग पु¥याउने संगठनल जनाएको छ । 

हाललाई यस एकाईबाट प्रवाह हुने सेवा प्रँप्त गर्नका लागि सामाजिक सुरक्षा कोषबाट खटि आएका प्राविधिक महेश प्रधानसंग प्रत्यक्ष्ँ टेलिफोन ९८४३१२४२२४ गरी वा ईमेल mबजभकजउचबमजबल२कका।नयख।लउ मार्फत सेवा प्राप्त गर्न सकिने छ ।   



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.