Websoft University

प्रदेश १ मा ८९७ संक्रमित थपिए

 


विराटनगर, ११ जेठ । प्रदेश १ मा आज ८९७ जना कोरोना संक्रमित थपिएका छन् । 

मोरङमा २९५, झापामा २३०, सुनसरीमा १७८, धनकुटामा ११४, उदयपुरमा २७, संखुवासभामा ११, इलाममा ९, पाँचथरमा ६, ताप्लेजुङमा ४, सोलुखुम्वु र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरमा ९२ महिला र १०९ पुरुष सहित २०१, बुढीगंगामा १३, उर्लाबारीमा ११, कटहरी र सुन्दरहरैचामा १०–१०, पथरीशनिश्चरेमा ८, सुनबर्षी र रतुवामाईमा ७–७, जहदा, धनपालथान र बेलबारीमा ५–५, ग्रामथानमा ३, रंगेली, केराबारी, कानेपोखरी, लेटाङ र स्थानी तह नखुलेका २–२,  झापाको मेचीनगरमा ६८, विर्तामोडमा ३५, दमकमा २८, कमल गाउँपालिकामा १९, अर्जुनधारामा १७, भद्रपुरमा १५, कनकाईमा १४, बुद्धशान्तिमा १०, गौरीगञ्जमा ५, शिवसताक्षी र स्थानीय तह नखुलेका ४–४, गौरादह र झापा गाउँपालिकामा ३–३, गौरीगञ्जमा २,  बा¥हदशी, कचनकवल र हल्दिबारीमा १–१, सुनसरीको धरानमा ८०, बराहक्षेत्रमा ३९, इटहरीमा ३२, इनरुवा र दुहवीमा ६–६,  बर्जुमा ४, हरिनगर, गढी, रामधुनी, देवानगञ्ज र भोक्राहानरसिंहमा २–२ र कोशी गाउँपालिकामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको महालक्ष्मीमा ६४, शहिदभूमीमा २४, धनकुटा नगरपालिकामा २१, पाख्रिबासमा ३ र छथरमा २, उदयपुरको त्रियुगामा २३, उदयपुरगढीमा १ र स्थानीय तह नखुलेका ३, संखुवासभाको खाँदबारीमा ९, मकालु र पाँथखपनमा १–१, इलामको माईजोगमाई र इलाम नगरपालिकामा ४–४, चुलाचुलीमा १, पाँचथरको मिक्लाजुङमा ३, स्थानीय तह नखुलेका २, फिदिममा १, ताप्लेजुङको मिक्वाखोलामा २, फुङलिङ र स्थानीय तह नखुलेका १–१, सोलुखुम्वु र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५३ हजार १६५ पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार ८५९ जना संक्रमणमुक्त भएका छन् । आज ३१२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १९ हजार ५०२ पुगेको छ । प्रदेश १ मा आज २ हजार १९२ जनाको पीसीआर परीक्षणगरिएको छ । परीक्षण गरिएकामध्ये ३९२ महिला र ५०५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.