Websoft University

कोरोनाबाट मन्त्रालयले वसपार्कबाट अभियानको सुरु गर्यो

 


बिराटनगर बैशाख  १४ गते। रतो तारा डट कम,प्रदेश १ सरकारले आजदेखि प्रदेशभर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतना मुलक अभियानको शुरुवात गरेको छ ।

विराटनगर वसपार्कबाट अभियानको शुरुवात गरिएको हो । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पालना नभएपछि मन्त्रालयले सांकेतिक रुपमा अभियानको शुरुवात गरेको जनाएको छ ।

सामाजिक विकास मन्त्रालयको अगुवाईमा, स्काउटलगायतका सामाजिक संघ संस्थाको सहकार्यमा अभियानको शुरुवात गरिएको हो । अभियान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री उषाकला राईले कोरोनाबाट बच्नकालागि स्वास्थ्य मापदण्ड, भौतीक दुरी कायम गर्न आवश्यक रहेकोमा जोड दिइन् । उनले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न समेत आग्रह गरिन् । सवैको सहयोगले मात्र कोरोना नियन्त्रण संभव रहेको उनले बताइन् ।

मन्त्री राईले सामाजिक चेतनाकालागि कोरोना नियन्त्रणको अभियान थालिएको बताइन् । अभियानको शुरुवात गर्दै मन्त्री राईले विना मास्क हिड्नेहरुलाई मास्क लगाई दिइन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, इन्सेकका प्रदेश १ प्रमुख सोमराज थापा, स्काउट प्रदेश १ का संयोजक रवि खनाल, स्वास्थ्यकर्मी, ट्राफिक प्रहरी, स्काउटरलगायतको सहभागिता रहेको थियो ।

सामाजिक विकास मन्त्रालयले मोरङ बाहेकका जिल्लाहरुमा पनि सांकेतिक रुपमा अभियान सञ्चालन गरिने जनाएको छ ।

जनचेतना मुलक अभियान शुरु गर्नु पूर्व मन्त्री राईले आज सामाजिक विकास मन्त्रालयमा सरोकारवालासँग छलफल गरेकी थिइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.