Websoft University

नेकपाको आज स्थापना दिवस


काठमाण्डौ बैशाख ९ गते । रातो तारा डट कम,कम्युनिष्ट नेताहरुले आज नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउँदैछन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र अन्य संस्थापक नेताहरुमा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठले कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले सामान्तवाद, दलाल–नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो । टुटफुटबाट गुज्रिदै आएको कम्युनिष्ट पार्टीमा अहिले पनि एकता छैन । आन्तरिक विवादले कम्युनिष्ट पार्टीहरु टुक्राटुक्रामा विभाजित हुँदा कार्यकर्ताहरु निराशमात्र बनेका छैनन् नेताहरुप्रति पनि वितृष्णा पनि बढेको छ ।



 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.