Websoft University

कवि एवं पत्रकार नवोदितलाई वाचनालयको सम्मान

 


विराटनगर । रातो तारा डट कम, विराटनगर–१२ स्थित लेखनाथ वाचनालयले युवा साहित्यकार एवं पत्रकार मीनकुमार नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरेको छ । 

वाचनालयले १७ औं वार्षिकोत्सवको अवसरमा साहित्य क्षेत्रमा योगदान पु¥याएबापत नवोदितलाई सम्मान गरेको हो । विराटनगर वडा नम्बर १२ मा बसोबास गर्ने साहित्यकार, पत्रकार, समाजसेवीलगायतलाई वाचनालयले वार्षिकोत्सवका अवसरमा हरेक वर्ष सम्मान गर्दै आएको छ । विराटनगर–१२ मा स्थायी रुपमा बसेर साहित्य क्षेत्रमा सक्रिय भएकाले नवोदितलाई सम्मान गरिएको वाचनालयकी अध्यक्ष सीता लामिछानेले बताइन् । नवोदितलाई प्राज्ञ गंगा सुवेदी, समाजसेवी विष्णु शर्मा, आयोजक संस्थाकी अध्यक्ष सीता लामिछानेलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेकी थिए । नवोदितका ‘फूलबारीभित्रका भमराहरू’, ‘झरीले रुझेको गाउँ’लगायत विभिन्न कृति प्रकाशित भएका छन् । 

त्यस्तै सोही अवसरमा वाचनालयका संस्थापक अध्यक्ष केदारप्रसाद अज्र्याल र जग्गादाता भूपध्वज कार्कीलाई मरोणापन्त सम्मान गरियो । त्यस्तै वाचनालयका पूर्वअध्यक्ष अश्विनीकुमार अज्र्याल, मणिकुमार अज्र्याल, समाजसेवी मीनादेवी बस्नेतलगायतलाई समेत सम्मान गरिएको थियो । 

कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी प्राज्ञ गंगा सुवेदीले वाचनालयलाई विराटनगरका हरेक वडामा बसोबास गर्ने व्यक्तिले सहयोग गर्नुपर्नेमा जोड दिइन् । उनले आफूले पनि वाचनालयको प्रगतिमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् । कार्यक्रममा सहकारीका अभियन्ता रमेशप्रसाद पोखरेल, डिल्ली पोखरेल, एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा, विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अज्र्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरे । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.