बिराटनगर बैशाख १२ गते । रातो तारा डट कम, पूर्वान्चल विश्व विद्यालय गोठगाउँ मोरङमा हुन लागेको ईन्जिनियरिङ संकायतर्फको BE SECOND SEMESTER को PHYSICS विषयको मूल प्रश्नपत्र परिक्षा पूर्वनै वाहिरिएको सम्बन्धमा अनुसन्धान गरी दिनु हुन पूर्वान्चल विश्वविद्यालयबाट अनुरोध आएकोमा जिल्ला प्रहरी कार्यालय मोरङबाट अनुसन्धान टोली गठन भई गहन अनुसन्धान प्रारम्भ भयो । अनुसन्धानका क्रममा पूर्वान्चल विश्व विद्यालयका फोटो कपी गर्ने कर्मचारीले समाजिक संजाल प्रयोग गरी प्रश्न पत्र बाहिर ल्याएको बुझियो सो सम्बन्धाम निम्न मानिसहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई शिक्षा ऐन २०२८ बमोजिम थप अनुसन्धान कार्य भई रहेको ।
पक्राउ मानिसहरू
जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।(८ बस्ने बर्ष ४४ को कोमल प्रसाद गौतम
जिल्ला संखुवासभा मादी नगरपालिका वडा नं।(६ बस्ने बर्ष ३५ को गोपाल कार्की
जिल्ला रूपन्देही तिलोचन नगरपालिका वडा नं।(१२ बस्ने बर्ष ३० को विजय पोखरेल
जिल्ला गोर्खा भिमसेन थापा गाउँपालिका वडा नं।(१ बस्ने बर्ष ३२ को मिन प्रसाद भट्ट
जिल्ला गोर्खा गण्डागी गाउँपालिका वडा नं।३ बस्ने बर्ष ३१ को भरत पठन
जिल्ला गोर्खा गोर्खा नगरपालिका वडा नं।(४ बस्ने बर्ष २६ को विकास खड्का
जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं।(४ बस्ने बर्ष २८ को निर्मल खड्का
जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका वडा नं।(९ बस्ने बर्ष २९ को नानिपथ मण्डल
जिल्ला सप्तरी वोदेवरसाईन नगरपालिका वडा नं।(७ बस्ने बर्ष २९ को जीवन कुमार यादव
जिल्ला सप्तरी अग्नीसायर कृष्णसवरण गाउँपालिका वडा नं . ५ घर भई भक्तपुर लोकन्थली बस्ने बर्ष २६को महेशयादव ।
Post a Comment