Websoft University

तत्काल लकडाउन र जोरबिजोर पनि लागु हुदैन - मन्त्री रावत

  


काठमाडौ बैशाख ४ गते । रातो तारा डट कम, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । उनले तहसनहस भएको अर्थतन्त्र उठ्न लागेको भन्दै अहिलेकै अवस्थामा फेरि लकडाउन नगर्ने बताए । 

संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रावतले सरकारले पहिलो पटक लकडाउन गर्दा रोगले भन्दा भोकले मर्ने भयौं भन्दै मानिसहरु सडकमा आएको पनि सरकारले नभुलेको बताए । कोरोनाको नयाँ प्रजातिलाई नियन्त्रणको लागि मन्त्रालयले लागि परेको बताए । कोरोनाको नयाँ प्रजातिसँग जुध्न सक्ने जनशक्ति मन्त्रालयसँग दश जनशक्ति रहेको जानकारी दिए ।  

केन्द्रदेखि स्थानीयसम्म स्वास्थ्य मन्त्रालयको युनिटमार्फत स्वास्थ्यकर्मीहरु नागरिकको सुरक्षाको  लागि रातदिन खटिरहेको बताए । विज्ञहरुको सुझावसहित नयाँ प्रजातिसँग लड्ने रणनमीति बनाएर अगाडि बढेको बताउँदै स्वास्थ्य मापदण्ड पालना गरेर सहयोग गर्न आग्रह गरे । 

“नयाँ प्रजातिको कोरोना फैलिएसँगै मन्त्रालयले १४ जिल्लालाई  अतिप्रभावित घोषणा गरेका छौं । बालबालिकाको सुरक्षाको लागि विद्यालय बन्द गरेर अनलाइन कक्षा संचालन गर्न आग्रह गरेका छौं । बढी भिडभाड हुने स्थानमा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छौं” मन्त्री रावतले भने । स्वास्थ्य मापदण्ड पालना नै कोरोनाको उपचार भएको बताउँदै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे ।

उत्पादन गर्ने कम्पनीका कारण कोरोना खोप समयमै आउन नसकेको बताए । नेपाललाई कोभिसिल्डसहित २६ प्रतिशत सहयोग हुने र बाँकी सरकारले खरिद गरी सबै नागरिकलाई खोप लगाउने मन्त्री रावतले बताए । 

 विद्यालय कोरोना फैलिने माध्यम नबनुन् भनेर विद्यालय बन्द गरेर अनलाइन कक्षा संचालन गर्न मन्त्रालयले निर्णय गरेर आग्रह गरेको जानकारी समेत मन्त्री रावतले दिए । 

मन्त्रीले रावतले सवारी साधान जोरबिजोर पनि नचलाउने जानकारी दिए । “हामीले जोरबिजोर सवारी साधान लगाउँदा भाडा त दोब्बर लिए तर स्वास्थ्य मापदण्ड पालन भएन । झन् भिडभाड भयो । अब फेरि त्यो कमजोरी दोहोर्याउँदैनौं तर नागरिक आफै सचेत हुनुपर्छ” मन्त्री रावतले भने । उनले भारतबाट आउने नागरिकको स्वास्थ्य जाँचको लागि सीमामा हेल्थडेस्क राखिएको जानकारी समेत दिए । 

त्यसैगरी सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको नयाँ प्रजाती तीन गुणाबढी गतिमा फैलिन सक्ने क्षमता भएकोले लापर्वाही नगर्न सुझाव दिएका छन् । यूके भेरियन्ट प्रजातिको कोरोना यसअघिको भाइरसभन्दा तेब्बर गतिमा फैलिन सक्ने भएको बताउँदै डा. पुनले स्वास्थ्य मापदण्ड कडाईकासाथ पालना गर्न आग्रह गरे । 

संवाद डबलीले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै डा. पुनले भने, “यूके भेरियन्ट प्रजातिको कोरोना भाइरस पहिलेभन्दा तीब्र गतिमा फैलिन सक्ने क्षमता राख्छ । यसअघिका कमजोरीबाट शिक्षा लिँदै विशेष सतर्कता नपनाए नियन्त्रण बाहिर जान सक्छ ।” उनले नयाँ प्रजातिले बेलायतमा पहिलोको भाइरस एक वर्षमा फैलिएजति तीन महिनामै पुगेको बताए । 

आफूहरुले केही समय पहिले काठमाडौँ कोरोनाका नयाँ हट स्पट बन्ने भन्दा विरोध भएको सम्झदै डा. पुनले यस्तै अवस्था रहे अवस्था गम्भीर हुने बताए । भारतबाट र तराईबाट काठमाडौँ पसेका व्यक्तिहरु खुलमखुलारुपमा हिटडुल गरिरहनु खतराको घण्टी भएको बताउँदै डा. पुनले भिडभाडमा नजान आग्रह गरे । स्वास्थ्य मापदण्डको पालना नगरी काठमाडौँ भित्रिनु नै नयाँ भाइरस प्रवेश गर्ने माध्यम बनेको पुनले बताए । 

कोरोना संक्रमितको उपचार खटिरहेका डा. पुनले कोरोनाको नयाँ प्रजातिले बालबालिका बढी जोखिममा रहेको बताए । उनले शैक्षिक संस्था नयाँ प्रजातिको कोरोना फैलिने माध्यम बन्न खतरा रहेको बताउँदै यसअघिका कमजोरीबाट शिक्षा लिँदै बालबालिकालाई नयाँ प्रजातिबाट जोगाउनु चुनौती रहेको बताए । 

“नयाँ प्रजातिको कोरोना तीब्ररुपमा फैलिरहेको छ । अहिले देशभर भौतिकरुपमा शैक्षिक संस्था संचालन भइरहेका छन् । स्वास्थ्य मापदण्ड पालना बालबालिकामा निकै कम देखिन्छ । विद्यालय कोरोना फैलिन माध्यम बन्ने खतरा देखिन्छ” डा. पुनले भने । उनले बालरोग विज्ञ र अस्पताल पनि कम भएको बताउँदै  विद्यालयबाट कोरोना परिवार हुँदै समुदायमा पुग्ने खतरा रहेको बताए । बालबालिकालाई बचाउनेबारे सोच्ने बेला आइसकेको भन्दै पुनले अभिभावकलाई गम्भीर बन्नु आग्रह गरे । 

डा. पुनले विद्यालय केही दिनको लागि बन्द गर्न सुझाव समेत दिए । 


नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले सरकारले विगतको जस्तो कमजोरी नदोहोर्याउन समयमै आवश्यक पहल लिनु पर्ने बताए । नयाँ प्रजातिको कोरोना भाइरस तीब्र गतिमा फैलिरहेको बताउँदै अन्तिम अवस्थामा मात्रै तात्दा अवस्था नियन्त्रण बाहिर जाने बताए । 

पहिलेजस्तो स्वास्थ्य सामाग्रीहरुको अभाव नभएपनि पनि कोरोनाले नयाँ रुप लियो भने संकट आउन सक्ने बताउँदै अध्यक्ष बस्नेतले समयमै ध्यान दिन सरकारलाई सुझाव समेत दिए । “अहिले मास्क र सेनिटाइजरमा हामी आत्मनिर्भर छौं तर अन्य सामाग्री तथा उपकरणमा अझै अन्य देशको भर पर्नुपर्ने अवस्था छ । कोरोनाले अहिलेकै गतिमा फैलियो भने फेरि पनि अभाव हुन्छ” बस्नेतले भने । बजारमा गुणस्तरहिन सामाग्रीहरुको बिक्री बितरण भइरहेको भन्दै उनले मन्त्रीको संयोजकत्वमा व्यवसायी, चिकित्सा क्षेत्रका विज्ञहरुको छुटै टीम बनाएर अनुगमन गर्न समेत सुझाव दिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.