Websoft University

साजीलाल मा वि को १० वर्षे रणनीतिक योजना निर्माण कार्यशाला ३ दिने गोष्ठी सुरु !

 


शिव भट्टराई,मोरङ चैत  ३१ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ६ मा रहेको साजीलाल माध्यमिक विद्यालयको १० वर्षे रणनीतिक योजना निर्माण कार्यशाला ३ दिने गोष्ठी सुरु भएको छ। सुन्दरहरैंचा ४ बलिया गोकर्ण रिसोर्टमा भएको गोष्ठीमा नगर प्रमुख शिव प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गिता शर्मा घिमिरेको सभापतित्व रहेको थियो। 


गोष्ठीमा बोल्दै प्रमुख अतिथि ढकालले विद्यालयको १० वर्षे रणनीतिकमा भएका योजनाहरुको कार्यान्वयनको लागि नगरपालिका सधैं साथमा रहेको बताउँदै उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारले गर्नु पर्ने सक्दो सहयोग गर्न तयार रहेको बताए। उनले यही शैक्षिक सत्र देखि सामुदायिक विद्यालयमा स्थानिय पाठ्यक्रम लागु गर्ने त्यस्तै बस खरिदको लागि आदि पैसा नगरपालिकाको तर्फबाट सहयोग गर्ने लगायत अन्य विद्यालयको स्तर उन्नतीको लागि नगरपालिका साझेदारी गरेर अगाडि बढ्ने बताएका छन्।


उक्त गोष्ठीमा विद्यालयको तत्कालिन र दीर्घकालीन रणनीतिक तथा कार्यनीतिको विषयमा छलफल गरिएको थियो।

गोष्ठीमा बोल्दै प्रधानध्यापक कल्याण प्रसाद सिटौलाले सरकारले उक्त विद्यालयलाई प्रदेश १ कै नमुना विद्यालयको रूपमा विकास गर्नका लागि अनुरोध गरे सँगै माध्यमिक तह, प्राथमिक तह, आधारभूत तह, विज्ञान खण्डका लागि भवन निर्माण गर्ने, अबको केही वर्ष मै विद्यार्थी संख्या ५००० पुर्याउने, सम्पूर्ण विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको लक्ष्य रहेको बताउँदै आज देखि सुरु भएको ३ दिने रणनीतिक कार्यशाला गोष्ठीमा १० बर्ष भित्रमा सम्पन्न गरिने शैक्षिक भौतिक विकासका कार्यक्रमहरूको समग्र रूप रेखा तयार गरिने बताएका छन्। त्यस्तै आगामी १० वर्षमा यस तीन दिनमा निर्माण गरिने योजना अन्तर्गत विद्यालयका गतिविधिहरु सञ्चालन गरिने उनले बताएका छन्।

सो ३ दिने गोष्ठीमा मुख्य प्रशिक्षक प्रकाश पोख्रेल र सहायक प्रशिक्षक टेक बहादुर थपलियाले प्रशिक्षण दिने भएका छन्। गोष्ठीमा अथिती सुन्दरहरैंचा वडा नं ७ का वडाध्यक्ष चैतन्य सिटौला, वडा नं ६ का वडाध्यक्ष जिवन कुमार राई, दाता सत्यनारायण चौधरी , साजीलाल माध्यमिक विद्यालयका शिक्षक लगायत समाजसेवी साथै अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो भने शिक्षक श्याम भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.