Websoft University

सुन्दरहरैचा ५ मा सञ्चालित ५ दिने महिला सशक्तिकरण तालिम सम्पन्न


 शिव भट्टराई, मोरङ।रातो तारा डट कम,महिला सशक्तिकरणमा जोड दिदै मोरगंको सुन्दरहरैचा वडा नम्बर ५ मा सञ्चालित पाँच दिने तालिम सम्पन्न सुन्दरहरैचा वडा नम्बर ५ मा सञ्चालित पाँच दिने तालिम सम्पन्न भएको छ ।सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५को समन्वय तथा  गुडलक एजुकेशन एण्ड टेनिगं सेन्टर इटहरीको आयोजना पाँच दिने उद्घोषण तालिम सम्पन्न भएको हो  ।


गुडलक एजुकेशनका निर्देशक बसन्त रेग्मीको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामागंको प्रमुख आतिथ्यता र  वडा नम्बर ५का वडाध्यक्ष रामप्रसाद रिजालको विशेष  आतिथ्यतामा  तालिम सम्पन्न गरियो । वडा क्षेत्रका ३० जना महिलाहरुको सहभागिता रहेको तालिममा सिमा बस्नेत , लिलाराज भट्टराई, नरेन्द्र बस्नेत र रेवतीरमण निरौलाले सहजिकरण गरेका थिए ।


तालिमले महिलाहरुलाई आफना कुराहरु समुह तथा सभाहरुमा समेत निर्धक्क साथ वोल्न सक्ने वनाएको भन्दै कार्यक्रमकी प्रमुख अतिथी तामागंको प्रशंषा गरेकी थिइन । तालिममा सहभागी महिलाहरुले समेत तालिममा सहभागी भएपछि समुहमा बोल्न नसक्ने आफुहरु निर्धक्क साथ कार्यक्रम सञ्चालन गर्न सक्ने भएको वताए ।तालिम सुरुवात कार्यक्रममा बोल्न लगाउँदा बोल्न नसक्नेहरुले समेत समापन कार्यक्रममा ढुक्क भएर बोलेको आयोजक गुडलकका प्रवन्ध निर्देशक रेवती निरौलाले जानकारी दिए । 

वडाले महिलाहरुका लागि विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको डाध्यक्ष रिजालले सो अवसरमावताए  । तालिममा उत्कृष्ट हुने दुई सहभागी नविना चौधरी र समिक्षा राईलाई नगद सहित पुरस्कृत गरिएको थियो ।तालिम कार्यक्रममा  वडा सदस्यहरु संगिता सोपकोटा , सिता नेपाली, गणेश चौधरी लगायतका अतिथीहरुको सहभागिता रहेको  थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.