Websoft University

राष्ट्रपति रनिङ्गसिल्डको उपाधी त्रिशुलेलाई


मोहन कुमार राई, चैत्र २९ गते । रातो तारा डट कम,संखुवासभा, चैनपुर नगरपालिका स्थित संखुवासभा बहुमुखी क्याम्पस खेल मैदानर्मा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारका साथ चैनपुर नगर स्तरीय  राष्ट्रपति नङ्गसिल्ड प्रतियोगिताको उपाधी शारदा मावि त्रिशुलेले हातापारेको छ । 


चैनपुर नगरपालिका भरीका ११ विद्यालयहरु सहभागी रहेका दुई दिन सम्म सञ्चालन भएको सो प्रतियोगितामा २ सय , ४ सय, ८ सय र १५ सय मिटर दौड प्रतियोगिता, भलिवल प्रतियोगिता, कपर्दी लङ्गजम्प, हाइजम्प, ट्रिपल जम्म, तेक्वान्दो, सटफुट, ज्याब्लीङ थ्रो लगायतको खेलहरु सञ्चालन भएको कार्यक्रम सञ्चालक टंक रोक्काले वताउनुभयो । 

विभिन्न विधामा छात्र र छात्रहरु सहभागी रहेको खेलहरुमा ७ स्वर्ण पदक सहित प्रथम, सरस्वती मावि चैनपुर माथिल्लो ले ५ स्वर्ण पदक सहित द्वितीय, शारदा मावि खराङ ३ स्वर्ण सहित तृतीय स्थान हासिल गरेको खेल मूल्याङ्कन समितिका सदस्य एवं खेल शिक्षक रामेश्वर योञ्जनले वताउनुभयो । विजयी हुन सफल छात्र छात्राहरु र विद्यालयलाई प्रमाणपत्र, सिल्ड र पदक वितरण गरेको थियो । 

दुईदिन अघि चैनपुर नगरपालिकाका नगर प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि भरतकुमार खत्रीले कार्यक्रमको उद्घाटन गर्नुहुँदै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने खेल प्रतियोगिता एक माध्यम हुन सक्ने भएकाले आफु र राष्ट्रका लागि भाग्य र भविष्य निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो । खेलको विकास गर्न नगरपालिकाले चैनपुर मेयर गोल्डकप समेत सञ्चालन गर्दै आएको समेत नगरप्रमुख खत्रीले वताउनुभयो । खेल उद्घाटनको क्रममा चैनपुर नगरप्रमखु खत्रीले खेल शिक्षकहरुलाई खेल सामाग्री हस्तान्तरण गर्नुभएकोथियो ।

चैनपुर नगरविकास खेलकुद समितिको आयोजनामा भएको सो प्रतियोगितामा पार्टी प्रतिनिधिहरु नेकपा एमालेका चन्द्रमणि दाहाल, नेपाली काँग्रेसका ज्ञान बहादुर कार्की, नेपाल शिक्षक महासंघका केन्द्रीय सचिव सूर्य बहादुर दाहाल, लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधि, सुरक्षा नियका, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.