Websoft University

रियलले पहिलो लेगमा ३–१ को जित प्राप्त गरे


काठमाण्डौ बैशाख ३ गते । रातो तारा  डट कम, युरोपेली च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । रियल मड्रिड र म्यानचेस्टर सिटीले अन्तिम ४ मा स्थान बनाएसँगै लिगको समिकरण पूरा भएको हो ।

गयराति भएको खेलमा क्वार्टरफाइनलको दोस्रो लेगमा लिभरपुलसँग गोलरहित बरारबरीमा रोकिए पनि रियलले समग्रमा ३–१ को जित हासिल गर्दै अन्तिम चारको यात्रामा स्थान बनाएको हो । रियलले पहिलो लेगमा ३–१ को जित प्राप्त गरेको थियो । रियलले दुई वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको हो । 

रियलले सेमिफाइलमा इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । चेल्सीले एफसी पोर्टोलाई समग्रमा २–१ ले पराजित गर्दै सात वर्षपछि सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै राति नै भएको अर्को क्वार्टरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले बोरुसिया डर्टमुन्टलाई २–१ ले पराजित गरी समग्रमा ४–२ को नतिजा निकाल्दै अन्तिम ४ को यात्रा तय गरेको हो । 

सिटीले च्याम्पियन लिगमा दोस्रोपटक सेमिफाइनल यात्रा तय गरेको हो । सिटीले लिगको दोस्रो सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.