Websoft University

गहुँखेतीमा उपमेयरसहित जनप्रतिनिधि

 

मोरङ बेलबारी  चैत्र ३ गते  । रातो तारा डट कम, बेलवारी नगरपालिकाले किसानलाई कृषि क्षेत्रबाट व्यवशायिक बनाउन बिज वृद्धि कार्यक्रम लगायत विविभ सामग्री हस्तान्तरणका कार्यक्रमहरु कार्यनयन गरिरहेको छ।जस अन्तर्गत   वडा नम्बर ५ मा सन्चालित गहुँको बीजनवृद्धि कार्यक्रमलाई सोमबार उपमेयरसहित,वडाध्य्क्ष र वडाका जनप्रतिनिधिहरु किसानको खेतमै पुगेर उक्त कार्यक्रमको अनुगमन एवम् अवलोकन गरेका छ्न्।


नगरपालिकाले बीउ र सीप प्रदान गर्योआफूहरुले दुख मिहिनेत गरेर गहुँ खेती लहलह भयो।यसमा पनि उपमेयरसहित वडाध्य्क्ष सहितका जनप्रतिनिधिहरु हाम्रा समस्या बुझ्न समय समयमा आइदिनु भो हामी खुशी र उत्साहित छौँ-समूहकी अध्यक्ष मन्जु अधिकारीले भनिन्।बेलबारी नगरपालिकालेआफ्नो नगरक्षेत्रभित्रका किसानहरूलाई निर्वाहमुखी कृषि प्रणालीबाट व्यवसायिक कृषक बनाउनका निम्ति स्थानीयस्तरमै शुद्ध र गुणस्तरीय बीउ उत्पादन गर्ने उद्देश्यले समुहमा आवद्ध सयौं किसानहरूलाई गहुँको बीउ वितरण गरेको छ ।

बेलबारी नपा वडा नं ५ स्थित मिश्रित व्यवसायिक तरकारी उत्पादन समुहझलाई सामुहिक रूपमा ६ हेक्टर जग्गाका लागि आवश्यक ९०० क्विन्टल बीउ उपलब्ध गराएको कृषि शाखाका कर्मचारी बिनोद दाहालले बताए । बीएल ४३४१ जातको उन्नत बीउ वितरण गरिएकोमा किसानहरूले उत्पादन गरेको गुणस्तरीय बीउ कृषि सामग्री संस्थानले नै किसानबाट उपयुक्त मूल्यमा बीउ खरिद गरिदिने शर्त रहेको यस वडाका वडाध्यक्ष एवं कार्यक्रमका अध्यक्ष विश्वबन्धु बस्नेतले आफ्नो सम्बोधनक्रममा बताए । अनुगमनकै क्रममा हाल यस समुहले उत्पादनबाट गरेको बीउ भोलिका दिनमा नगरपालिकाका अन्य वडाहरूमा समेत लगिने र आम किसानहरूलाई कृषिमा आधुनिकीकरण यान्त्रिकरणका माध्यमबाट व्यवसायिक र आयआर्जनमा जोड्न यी र यस्ता कार्यक्रम ल्याइएको हो । किसानहरूका थप आवश्यकताहरूको पहिचान गरि नगरपालिकाले आवश्यक सहयोग गर्दै उत्पादनशीलतामा जोड दिने लक्ष्य रहेको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन् । उपमेयर पराजुलीले मूलतः धान, धानबाट हुने चामल र चामलबाट भातलगायतको परिकार खाने आफ्नो बानी विकसित भएको भए पनि यसको भरपर्दो विकल्पको रूपमा गहुँ अब क्रमशः अनिवार्य खाद्य परिकार र अन्य–अन्यभन्दा पोसिलो परिकार समेत यसलाई उन्नत बालीको रूपमा विकास गर्नुपर्ने कुरामा जोड दिँदै सरकार खाद्यवस्तु आयातलाई रोक्न र निर्यात बढाउनमा लागेको बताइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.