Websoft University

सुन्दरहरैंचा-४ मा तरकारि खेति तालिम सम्पन्न, वडालाई तरकारीमा आत्मनिर्भर बनाउने योजना

 

मोरङ सुन्दरहरैचा चैत ८ गते । रातो तारा डट कम,वडावासीलाई तरकारी खेतीतर्फ उत्प्रेरित गर्ने उद्धेश्यले सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको तीन दिने तरकारी खेती तालिम शनिबार सम्पन्न भएको छ । गुडलक एजुकेसन ट्रेनिङ्ग सेन्टर इटहरीको संयोजन तथा सुन्दरहरैचा वडा नम्बर ४ को आयोजना रहेको तीन दिने तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरी तालिम समापन गरिएको हो ।


राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीको प्रमुख आतिथ्यता तथा गुडलक एजुकेसनका प्रवन्धक बसन्त रेग्मीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा, वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ बिशिस्ट अतिथिको रुपमा रहनु भएको थियो भने वडासदस्य रबिन दाहाल, नगरपालिकाका कृषि शाखा प्रमुख फरिन्द्र प्रसाद भट्टराई लगायतको आथित्यता रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी रायमाझीले जनप्रतिनिधिहरु जनतालाई अप्ठ्यारो परेको समयमा सहयोगी बन्नुपर्नेमा जोड दिनुभयो । जनतालाई दुख परेको समयमा काम गर्न नसक्ने व्यक्ति नेता हुन नसक्ने भन्दै उहाँले आफुले जनताको पक्षमा काम गर्दै आएको र सदनमा पनि आवाज उठाउंदै आएको बताउनु भयो । उहाँले आगामी दिनमा कुनै पनि समस्या परे आफुलाई सम्झनु भन्दै जनतालाई परेको बेला आफुले यथासक्य सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भयो।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बिशिस्ट अतिथि समेत रहनु भएका वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले ४ नम्बर वडालाई तरकारीमा आत्मनिर्भर बनाउने योजना रहेको भन्दै सम्पूर्ण वडाबाशी तथा कृषकहरुले साथ दिएमा सफल हुने बताउनु भयो । तालिममा सिकेको ज्ञानको सदुपयोग गरि तरकारी खेति गर्न आग्रह गर्दै उहाँले यस तालिमको प्रतिफल हेरेर आगामी योजना बनाउने समेत जानकारी दिनुभयो । उहाँले वडाबाशिलाई आत्मनिर्भर बनाउनका लागि वडाले विभिन्न सिप मुलुक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउंदै तरकारी खेतीमा पनि उत्प्रेरणा होस् भनेर पहिलो चरणमा तीन दिने तालिम आयोजना गरेको जानकारी दिनुभयो।

यस्तै वडासदस्य रबिन दाहालले कृषि अर्थतन्त्रको मुख्य खम्बा रहेको भन्दै अब तरकारी खेति गरेर बिदेशबाट तरकारी आयात गर्नुपर्ने अवस्थाको सधैकालागी अन्त्य गर्नुपर्ने बताउनु भयो । आफ्नो जमिन बाँझो राखेर बस्ने अनि तरकारी किनेर खाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्दै उहाँले त्यसकालागि वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । यसै गरि तालिममा सहभागीहरुको प्रतिनिधित्व गर्दै मन्तब्य राख्ने प्रशिक्ष्यार्थीहरुले वडाले दिएको तालिम निक्कै नै उपलब्धिमुलक रहेको भन्दै आगामी दिनमा पनि तालिमहरु संचालन गर्न आग्रह गरे । ३ दिने तालिममा वडाका ३० जना कृषक सहभागी रहेको र उनीहरुलाई सुन्दरहरैंचा नगरपालिका कृषि शाखा प्रमुख फरिन्द्र भट्टराई, कृषि प्राबिधिक सुदिप भण्डारी, अनुशा थापा मगर र सिता अधिकारीले सहजिकरण गरेको गुडलक एजुकेसनका म्यनेजिंग डाइरेक्टर रेवती निरौलाले जानकारी दिनु भयो। समापन कार्यक्रममा कृषकहरुलाई प्रमाणपत्रको साथै बिभिन्न ५ प्रकारका तरकारीको बिउ पनि वितरण गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.