Websoft University

चिठ्ठा परेको प्रलोभन देखाएर ठगी गर्ने झापाबाट पक्राउ

 झापा, माघ २६ गते । रातो तारा डट कम,चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । अनलाईनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न  बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा-९ का २९ बर्षीय पंकज पौडेली बि.क. पक्राउ परेका हुन् । पौडेलीले अनलाईनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगि मुद्दा दर्ता भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ बाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका बि.क.को साथबाट नगद  ३,५६,७१०।–(तिन लाख छपन्न हजार सात सय दश) रुपैयाँ, निजको घरकोठामा रहेको दराज भित्रवाट. २,०८,२००।–(दुई लाख आठ हजार दुई सय) रपैयाँ र पौडलीको घर पछाडीको गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्र झोलामा प्याकिङ गरी गाडिएको अवस्थामा ८,३०,३०५।-(आठ लाख तिस हजार तिन सय पाँच) रुपैयाँ गरी जम्मा १३,९५, २१५ ( तेह्र लाख पन्चानब्बे हजार दुई सय पन्ध्र) रुपैयाँ नगद बरामद भएको छ । यसैगरी पौडेलीको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताव १ थान ,विनोद काफ्लेको नामको सवारी चालक अनुमति पत्र १ थान अनिल बस्नेतको नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी १ थान र सिम सहितको २ थान बरामद भएको छ । ठगीको आरोपमा पक्राउ परेका बि.क.लाई  थप अनुसन्धानको लागी महानगरीय अपराध महाशाखा मिनभवन काठमान्डौ  पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.