Websoft University

अव देखि (एसईई) राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्ने

काठमाण्डांंै माघ २८ गते । रातो तारा डट कम,यो वर्षदेखि सङ्घीय सरकारले नै माध्यमिक शिक्षा परीक्षा (एसईई) लिने भएको छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा ग्रेड निर्धारण गरिएको थियो । अस्ति बसेको मन्त्रिपरिषद् बैठकले पुनः राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । ‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । शिक्षा सचिव गोपीनाथ मैनालीले सरकारको यो निर्णयले विद्यालयले आफै मूल्याङ्कन गर्दा देखिएका समस्या नआउने बताउनुभयो । २०७६ चैतमा स्थगित एसईई २०७७ जेठमा मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनको आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको थियो ।



 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.