Websoft University

इन्टर टेबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

 


विराटनगर  । रातो तारा डट कम,राउण्ड टेबल नेपालले विराटनगरमा इन्टर टेबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।


राउण्ड टेबल १८ को आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुष र महिलातर्फ गरी १२ टिमको सहभागिता रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोती दुगडको समेत उपस्थिति रहेको प्रतियोगितामा पुरुषतर्फ  राउण्ड टेबल १५ का सुमित अग्रवाल र  आसिस गोयलको टिम प्रथम भएको थियो भने राउण्ड टेबल ११ का दिवाकर र नमनको जोडी द्वितीय भएको थियो । यस्तै प्रतियोगितामा महिलातर्फ  रिंकी धनावत र मिन्नु दुगडको  टिम प्रथम भएको थियो । 

प्रतियोगिताका विजयी खेलाडीहरुलाई मेडलसहित ट्रफी प्रदान गरिएको  प्रतियोगिता संयोजक राउण्ड टेबल १८ का नविन झुनझुनवालाले जानकारी दिनुभयो ।  सामाजिक सेवाको काम गर्दे आएको राउण्ड टेबल नेपालले समय समयमा आन्तरिक रुपमा  खेलकुद प्रतियोगिता समेत गर्दै आएको  छ । यसअघि विराटनगरमै इन्टर टेबल क्रिकेट प्रतियोगितासमेत आयोजना गरेको थियो ।



 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.