Websoft University

झापामा जीपी फाउण्डेशनले रबर खेती प्रर्वद्धन गर्दै !

 


शिव भट्टराई मोरङ फागुन  ६ गते । रातो तारा डट कम,पूर्व उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजता कोइरालाले झापामा व्यावसायिक रबर खेतीलाई प्रवद्र्धन गरिने बताउनु भएको छ । झापाको बुद्धशान्तिमा रबर ग्राम घोषणा कार्यक्रमको उद्घाटन गर्न बुधबार झापा आइपुग्नु भएकी कोइरालाले रबर खेतीको प्रवद्र्धन गर्दै युवाहरुलाई रोजगार सृजना गर्ने बताउनु भयो ।


राजनीतिक अस्थिरताका कारण देशमा कृषि क्षेत्रको प्रवद्र्धन हुन नसकी रहेका बेला जीपी फाउण्डेशनले रबर खेतीमार्फत स्थानीय नागरिकको आयश्रोत उकास्ने दावी गर्नु भयो । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको रबर खेतीमा देखिएको रुचीलाई पूर्णता दिन व्यवसायीक रबर खेती सुरु गरिएको वहाँले जानकारी दिनु भयो । कोइरालाले भन्नुभयो, ‘गिरिजाबाबुले पुर्वी तराइमा रबर खेतीको सभ्भावना देखेर नै रबर बिकास बोर्ड गठन गर्नु भएको थियो, त्यसैले फाउण्डेशने रबर खेती प्रबद्र्धनमा सहयोग  गर्ने योजना बनाएको हो ।’


कोइरालाले झापाको बुद्धशान्तिलाई रबर ग्राम घोषणा भए पछि  त्यस क्षेत्रका नागरिकको आर्थिक उपार्जन बढाउन जीपी फाउण्डेशनले काम गर्ने बताउनु भयो

झापा पछि मोरङ, सुनसरी, इलामको तल्लो क्षेत्रमा व्यवसायिक रबर खेती गर्न अनुकुल मौषम रहेको बिज्ञहरुले बताएका कारण यस क्षेत्रमा रबर खेतीलाई ब्यवशायीक रुपमा टेवा पुर्याउन फाउण्डेशन लागि परेको कोइरालाले बताउनु भयो । 

राजनीतिक वृत्तमा मात्र नभई जुनसुकै क्षेत्रमा सहमति, सहकार्य र एकता आवश्यक रहेकोे बताउँदै नेतृ कोइरालाले अब आम जनताको जीवनस्तरलाई उकास्न लाग्नुपर्नेमा जोड दिनु भयो ।

बुधबार (आज) एक कार्यक्रमका बीच नमुना सामुदायिक बन बुद्धशान्ति ३ मा रबर ग्राम घोषणा गरिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.