Websoft University

युवा पक्राउ परे

 


गाईघाट २९ माघ  । रातो तारा डट कम,सामान्य चिनजानकी एक युबती लाई ललाई फकाई कोठामा लगेर बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ  परेकोछन । उदयपुरको चौदण्डीगढी नगरपालीका ६ की २० वर्षिया युबती लाई मंगलबार ४ वजे त्रियुगा नगरपालीका ११ असारीका २२ वर्षिय साईमन राईले कोठामा लगेर कुटपिट गर्दै बलात्कार गरेको प्रहरीको भनाई छ  । आफन्तको घरमा आएको बेला ति युबती संग राईको बजारमा चिनजान भएको थियो । सामान्य चिनजान मै राईले पिडित युबती लाई कोठामा लगेको थियो । कोठामा  लगेपछि श्ुरुमा सेक्स गर्ने प्रस्ताब राखेको तर युबती ले नमान्दा राईले कुटपिट गर्दै जबरजस्ती बलात्कार गरेको खुलेको प्रहरी ले जनाएको छ । आफु बलात्कार भएपछि युबतीले राईको छिमेकीमा जानकारी गराए पछि गाउलेको सहयोगमा प्रहरीले उनलाई पका्रउ गरेको हो । प्रहरीले घटनाको छानबिन शु्रु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपि भिम बहादुर दाहालले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.