Websoft University

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले यो बर्ष इटहरीमा एक अर्व वढिको भौतिक संरचना निर्माण हुने वताउनु भयो


सुनसरी फागुन १३ गते । रातो तारा डट कम,इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले यो बर्ष इटहरीमा एक अर्व वढिको भौतिक संरचना निर्माण हुने वताउनुभएकोछ ।

इटहरी वडा नम्वर ३ को वडा कार्यालय भवन शिल्यान्यास गर्दै प्रमुख चौधरीले इटहरीमा गत बर्ष भन्दा वढि भौतिक निर्माण हुने वताउनुभयो । उहाँले ८५ करोडका योजना टेण्डर गरिसकिएको वताउनुभयो । ४० भन्दा वढि वहुवर्षे योजना समेत टेण्डर प्रक्रियामा रहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार गत बर्ष सुरु भएको पाँच वटा वहुवर्षे सडक निर्माण भइसकेका छन । प्रमुख चौधरीले कोरोना महामारी र प्रतिकुल राजनीतिक अवस्थाका वावजुद पनि इटहरीमा विकासले गति लिएको जनाउनुभयो ।उहाँले नेकपामा देखिएको विग्रहले इटहरीको विकासमा कुनै प्रभाव नपार्ने दोहोरयाउनुभयो । उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा हुने विकास निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने वताउनुभयो । 

निर्माण कार्य भइरहदा जनस्तरवाट पनि खवरदारी हुनु पर्नेमा उहाँले जोड दिनुभयो । वडाध्यक्ष वालकृष्ण विष्टले वडा नम्वर तीनमा भौतिक निर्माणको कार्यले गतिलिएको वताउनुभयो । उपमहानगरका इन्जिनियर जीवन घिमिरेले ८४ लाख ३५ हजारको लागतमा भूकम्पप्रतिरोधी तथा अपांडतामैत्री वडाकार्यालय भवन निर्माण हुने वताउनुभयो ।

भट्टराई परिवारद्धारा १ करोडको जग्गा प्रदान

इटहरी वडा नम्वर तीनको वडा कार्यालय भवन निर्माणका लागि स्थानीय भट्टराई परिवारले करिव एक करोड मूल्य पर्ने डेढ कठठा जग्गा प्रदान गरेका छन । वल वहादुर भट्टराईको परिवारले वडा कार्यालयका लागि जग्गा प्रदान गर्नुभएको हो । 

सोहि जग्गामा इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले वडा कार्यालय भवनको शिल्यान्यास गर्नुभयो । भट्टराई परिवारले वडा कार्यालय भवन निर्माणका लागि जग्गा प्रदान गर्नुभएकोमा प्रमुख चौधरीले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा भट्टराई परिवारका सदस्यहरुलाई दोसल्ला र माला लगाएर सम्मान समेत गरिएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.