Websoft University

राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुने


काठमाण्डौ माघ २९ गते । रातो तारा डट कम, राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । वालिङ र चौदण्डीबीचको खेल अपरान्ह १२ बजेबाट सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । वालिङ ७ खेलमा ११ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । चौदण्डी भने अङ्कबिहीन रहदै पुछारमा रहेको छ । यस्तै आजै हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिकाबीच खेल हुनेछ । आर्मी र विराटनगरबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ । आर्मी विराटनगरलाई हराएर शीर्ष स्थानको एपीएफलाई दबाब दिन चाहन्छ । आर्मी १९ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । विराटनगर १० अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ । 




 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.