Websoft University

ताप्ली गाउपालिकामा बिधुत अबरुद्ध

 


श्याम राई-गाइघाट २३ पौष । रातो तारा डट कम,पावर हाउसमा समस्या आएपछी बिगत तिन दिन देखी ताप्ली गाउपालिकामा बिधुत अबरुद्ध भएको छ । यारी खोला लघु जलबिधुत आयोजनाको वडा न ५ स्थीत टारी गौरामा रहेको पावर स्टेसन को मोटर बिगी्रए पछि झण्डै ३ सय घर धुरी अन्धकारमा बस्न बाध्य भएकाछन । बिधुत अबरुद्धले गाउपालीकाको रुपाटार, कटहरे लामी सोनी र फुर्के गाउ पुरै प्रभाबीत बनेको छ । पावर हाउसको मोटर र केही मेसिनमा समस्या आएकोले केही दिन देखी बिधुत आपुर्ति बन्द भएको जलबिधुत आयोजनाका अधक्ष्य मान बहादुर ज्युठकुरी ले बताए । “हामिले  बिगी्रएको समान मर्मत संभारको लागी काठमाण्डौ पठाएका छौ ”। बनेर आएपछि बिधुत आपुर्ति पु न सुचारु हुनेछ । उनले भने ।“ आइतबार स्म्म सामान आइपुग्ने जानकारी पा्रबिधिक ले दिएको छ” । सोमबार देखी बिधुत आपुर्ती नियमीत हुन्छ । उनले भने ।उनले चिसो बढे संगै मौसममा खराबी आएकोले सोलारले समेत काम नगरेको बताए ।२३ किलोवाट क्षमताको यारीखोला जलबिधुत आयोजना संचालनमा आएपछि बिगत ९ बर्ष देखी पुरै गाउमा बिजुली बल्न थालेको अधक्ष्य ज्युठकुरीले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.