Websoft University

समीरलाई सुदीश निरौला साहित्य पुरस्कार

 


विराटनगर पुस १८गते । रातो तारा डट कम, पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले यस वर्षको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ स्याङ्जाका कवि मिलन समीरलाई समर्पण गर्ने निर्णय गरेको छ । 

१५ हजार नगद राशिको उक्त पुरस्कार यस पटक समीरलाई समर्पण गर्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको हो । सुदीश निरौला मेमोरियल ट्रस्टद्वारा स्थापित उक्त पुरस्कारको व्यवस्थापन पूर्वाञ्चल साहित्य प्रतिष्ठानले गर्ने गरेको छ । ४५ वर्षभन्दा मुनिका स्रष्टालाई सो पुरस्कार समर्पण गरिन्छ । 

नेपाली साहित्यको कविता  विधामा  सिर्जनशील रही विभिन्न साहित्यिक गतिविधिहरुका माध्यमबाट यस क्षेत्रमा पु¥याएको योगदानका लागि समीरलाई यो पुरस्कार दिइएको हो । घोषित पुरस्कार आगामी माघ पहिलो हप्ता विराटनगरमा विशेष समारोहका बीच समर्पण गरिने प्रतिष्ठानका सचिव मीनकुमार नवोदितले जानकारी दिए । सो पुरस्कार यसअघि  युवा साहित्यकार महेश पौड्याल र कवि सोझो गाउँलेलाई प्रदान गरिएको थियो । उक्त वर्ष प्रत्येक वर्ष एक युवा साहित्यकारलाई प्रदान गरिन्छ । 



 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.