Websoft University

राष्ट्रिय महिला लिग फुटबलमा विराटनगरले वालिङ संघ १–१ गोलको बराबरी खेल्दै,


काठमाण्डौ माघ ८ गते । रातो तारा डट कम,राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङले बराबरी खेल्दै अङ्क बाडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङ र विराटनगरले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । अब प्रतियोगिताको दोस्रो खेलमा वालिङले चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ भने विराटनगरले एपीएफ क्लबको सामना गर्नेछ । प्रतियोगिताको तेस्रो दिन शुक्रबार एक खेल हुनेछ । उदयपुरको चौदण्डीगढी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै राष्ट्रिय महिला लिगको अर्को खेलमा साविक विजेता एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० गोलको अन्तरले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो । जितसँगै एपीएफले पहिलो खेलमै महत्वपूर्ण ३ अङ्क जोडेको छ ।


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.