Websoft University

सडक विस्तारको नाममा दुहवी बजारका घरटहरा भत्काउने १५ सुचना जारी भए पछि दुहवीका जनताहरु जागे ?



बिराटनगर पुस २२ गते । रातो तारा डट कम, दुहवी नगरपालिका वडा नम्वर ५ मा पर्ने मुख्य बजारको २०१० आगलागी वा २०११ सालमा दुहवी बजारबिस्तारको लागि जग्गा खरिद जस्ता पुरानो छुटै इतिहास भए पनि त्यहाका सरकारले तोकेको बाटो बनाउनलाई निजि ५४ फिट जग्गा दुहवी बजार बासिले सितैमा राज्यलाई उपलव्ध गराएका थिए । 

राज्यबाट सडक विस्तार गर्ने क्रममा सो क्षेत्र घना बस्तीको साथै पक्कीघरहरु भएको बजार क्षेत्रलाई संरक्षण गरिनुपर्छ भन्ने तथ्यलाई हदयंगम गर्दै सो क्षेत्रबाट दुहवी बजार विस्तापित समेत हुने भएकोले गर्दा राज्यलेनै सो क्षेत्रलाई २०५४,१२ ३ गते राजपत्रमा पकाशित गरि बिल्ट अप क्षेत्र ६३० मिटर कायम गरिएको थियो । विल्टअप क्षेत्र यस्तो क्षेत्रलाई भनिन्छ जहा घरहरु बनाउन विशेष इजाजत सरकारबाट दिइएको हो । 

यो क्षेत्रको बाटोलाई भविष्यमा कहिले पनि बिस्तार हुने नभएकोले यहाँ घरहरु बनेका र दुहबी बजार निर्माण गरिएको हो । मिति २०७ —९—१८ गते सडक अधिकार क्षेत्र खालि गर्नको लागी नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग अन्तर्गत उत्तर दक्षिण र व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय, रानी बिराटनगर इटहरी धरान सडक योजना इटहरी, सुनसरीबाट १५ दिने सुचना प्रकाशित हुँदा सम्पूर्ण दुहबी वासिको ध्यानार्कषण भएको छ । बिल्टअप क्षेत्रमा सडक विस्तार गर्न नमिल्ने भएकोले सम्पूँण सम्बन्धित निकायहरुमा जानकारी गराउनुका साथ साथै बिरोधको लागी आज बिराटनगरमा पत्रकार सम्मेलन गरी यो प्रेश विज्ञप्ती जारी गरिएको हो । प्रेशको माध्यमबाट सम्बन्धित निर्देशनालय, सडक बिभाग, दुहवी नगरपालिका, जिल्ला प्रसाशन कार्यालयलाई जानकारी गराउन चाहान्छौं ।

६३० मिटर बजार क्षेत्रलाई राज्यबाट बिल्टअप एरिया घोषणा समेत भएको अवस्थामा सो क्षेत्रमा सूचना प्रकाशित हुनु गैरकानूनि, गैरसम्बैधानिक कदम हो भनेका छन । सरकारले दुहवीका जनताको आवाजलाई नसुनेमा जनता प्रतिकारमा ओर्लिने ब्यहोरा समेत जानकारी गराउँदछौं भन्दै, यसबाट सृजित समस्या सम्बन्धित निकाय जिम्मा लिनु पर्ने समेत आफ्नो बिज्ञप्तिमा उल्लेख गरेका छन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.