Websoft University

सरकारले ल्याएको नागरिक एपमा भएको त्रुटि सच्याउने


काठमाण्डौ माघ ७ गते । रातो तारा डट कम,सरकारले ल्याएको नागरिक एपमा त्रुटि भएको भन्दै त्यसलाई सच्याउन थालिएको छ । सरकारी सेवालाई प्रविधिजन्य बनाउने भन्दै ल्याइएको नागरिक एपमा त्रुटि रहेको गुनासो आएपछि गृह मन्त्रालयले सो त्रुटि सच्याउन थालेको हो । हिजो मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी प्रेमलाल लामिछानेले सूचना जारी गर्दै त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया थालिएको बताउनुभयो । नागरिकता सम्बन्धी विवरण मेल नखाएकाले एप प्रयोगमा कठिनाइ भएको गुनासो प्रयोगकर्ताहरुले गरेका थिए । ‘‘लाइन हैन, अनलाइनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप’ भन्ने नारासहित सोमबारबाट सुरु गरिएको एप हालसम्म एक लाख बढी डाउनलोड भइसकेको छ । नागरिक एपमार्फत् प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने भनिएको छ । एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने भनिएको छ । साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम विवरणहरुको जानकारी लिने पनि व्यवस्था गरिएको छ ।



 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.