Websoft University

सरकारले दिएको कृषि अनुदान वास्तविक किसानले पाएनन्

 


काठमाण्डौ माघ २ गते । रातो तारा डट कम,सरकारले कृषि उपकरण, कृषि पूर्वाधार निर्माण, मल, बिउ, औजार र बीमाका लागि कृषि मन्त्रालयले अनुदान वितरण गर्ने व्यवस्था गरेको छ । त्यस्तै, चिस्यान केन्द्र, शीत भण्डार, संकलन केन्द्र, गोदाम घर र रेफ्रिजेरेटर जडित् ढुवानी साधनका लागि पनि अनुदान पाइन्छ । तर वास्तविक किसानले अनुदानको उपभोग गर्न पाएका छैनन् । 

कैलालीका गंगा चौधरी मौसम अनुसारको अन्नबाली उब्जाउँदै आउनुभएको छ । मल, बिउ, व्यवसायीक खेतीगर्न अनुदान पाइन्छ भन्ने उहाँले सुन्नु भएको छ । तर सुनेको कुरा साच्चै रहेछ भन्ने अनुभव कहिल्यै गर्न पाउनु भएको छैन । कृषिमा युवा कार्यक्रम सञ्चालन प्रक्रिया, २०७६ का साथै कृषि व्यवसाय प्रवर्द्धन अनुदान कार्यविधि २०७६ अनुसार १ सय १७ वटा कृषि क्षेत्रमा व्यवसाय सुरुवात तथा विस्तारका लागि अनुदान दिने गरी व्यवस्था गरिएको छ । वास्तविक किसान को हो उसैले अनुदान पाउनुपर्ने हो । 

कुखुरा पालनलाई व्यवसायीक बनाइरहनु भएका सर्लाहीका जगरनाथ चौधरीले पहल गरेको २ वर्ष भयो अनुदान पाउनु भएको छैन । उहाँका अनुसार पैसा भएका किसानहरुले मात्रै अनुदान पाउँछन् तर साना किसानहरुले अनुदान के हुन्छ भनेर बुझेकै छैनन् । कृषिमा युवालाई आकर्षित गर्न सरकारले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा प्राथमिकता दिएको छ । कृषिमा आवद्ध हुन चाहने युवालाई बिउ पुँजी दिएर प्रोत्साहन गर्ने नीति पनि छ । 

तर, अनुदानमा ठूलाको ताना तान हुँदा र प्रक्रिया नै झन्झटिलो हुँदा लिन नसकिएको किसानहरुको गुनासो छ । धनुषाका किसान रामपृत राउतले पनि अनुदान पाऊ भन्दै कयौ पटक सरकारी कार्यालयमा निवेदनको चाङ लगाइसक्नु भयो । तर, अहिलेसम्म कृषि अनुदान पाउन सक्नुभएको छैन । वास्तविक किसान कुनै बैंक तथा वित्तीय संस्थामा पनि जान सक्दैन । 

बैंकबाट सहुलियतपूर्ण ऋण पाइन्छ भन्ने पनि थाहा छैन । कृषि उत्पादन र पशुपालनका लागि अधिकतम २० लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था पनि छ  । कृषिमा ६ वर्षमा ६० अर्ब अनुदान खर्च भएको छ । तर त्यसको ३५ प्रतिशत अथवा २१ अर्ब कमिसनमा खर्च भएको सरकारी अध्ययनले नै देखाएको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.