Websoft University

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा सन् १९५० को सन्धिको समीक्षा, प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन कार्यन्वयन,सीमा बिबाद छिटो टु्ग्याउने सहमति भयो


काठमाण्डौ माघ ३ गते । रातो तारा डट कम,नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक सकिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा भएको बैठकमा दुई देशबीचका विभिन्न विषयमा छलफल भएको छ । छलफलमा नेपाल र भारतबीच सीमा समस्या चाँडै सुल्झाउने सहमति भएको बताइएको छ । हिजो दिल्लीमा सम्पन्न आयोगको बैठकले सीमा व्यवस्थापन कार्यलाई छिटो सम्पन्न गर्ने प्रतिवद्धता जनाएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ । 


बैठकमा सीमाका विषयमा छलफल भयो र सीमा व्यवस्थापनमा बाँकी रहेका कामहरू छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ’, बैठकपछि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ । नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमिलाई लिएर पछिल्लो समय सम्बन्ध चिसिएको थियो । 

नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका तर्फबाट विदेशमन्त्री डा. एस जयशंकरले बैठकको अध्यक्षता गर्नुभएको थियो । बैठकमा कोभिड—१९ खोप, सीमा नाका र सीमा व्यवस्थापन, अन्तरदेशीय यातायात, आर्थिक सहयोग, व्यापार, जलविद्युत् र जलस्रोतका साथै संस्कृति र शिक्षालगायत महत्वपूर्ण क्षेत्रहरूका बारेमा छलफल पनि भएको थियो । 

त्यस्तै, बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिको समीक्षा, प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन र थप नयाँ हवाई रुटबारे पनि छलफल भएको जनाइएको छ । बैठकमा चालू अवस्थामा रहेका र समझदारीमा रहेका द्विपक्षीय परियोजनाहरूलाई तीव्र गतिमा अगाडि बढाउने सहमति पनि जुटेको छ । 

यस्तै नेपाल र भारतबीच ४ सय केभी बुटवल–गोरखपुर सीमापार प्रसारण लाइनको कामलाई छिटो अघि बढाउने सहमति भएको छ । त्यस्तै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको महत्व दोहो¥याउँदै बैठकले परियोजनाको प्रारम्भिक म्याद थप गर्न सहमति पनि जुटेको छ । बिहीवार दिल्ली पुग्नुभएका परराष्ट्रमन्त्री ज्ञवाली आज स्वदेश फर्कनुहुनेछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.