Websoft University

ट्रम्पलाई महाभियोल लगाउने प्रस्ताव हाउस अफ रेप्रिजेन्टेटिभ्समा पेस


काठमाण्डौ पुस २७ गते । रातो तारा डट कम, अन्तराष्ट्रिय समचार–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउने विषयमा तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत भएको छ । डेमोक्र्याटिक पार्टीद्वारा हाउस अफ रेप्रिजेन्टेटिभ्समा पेश गरिएको प्रस्तावमा ट्रम्पमाथि गत साताको हिंसालाई प्रोत्साहित गरेको आरोप छ । डेमोक्र्याटहरूले अमेरिकी संसदमा राखेको प्रस्तावमा राष्ट्रपति ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ । उक्त प्रस्तावमाथि तल्लो सदनमा आजदेखि मतदान हुनेछ । डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रो पटक महाभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरेका छन् । ट्रम्पमाथि नोभेम्बर महिनामा भएको चुनावमा जो बाइडनको जित उल्टाउने प्रयासमा गत बुधवार संसदमा आक्रमण गर्ने आफ्ना समर्थकलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.