Websoft University

अवैध भन्सार छलिका सामान बरामद


बिराटनगर माघ ४ गते । रातो तारा डट कम,जिल्ला  प्रहरी कार्यलय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं।(११ स्थित महेन्द्र चोक नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई वेवारिसे अवस्थामा छाडिएको अन्दाजी मुल्य रू। ४२ हजार बरावरको बिभिन्न लत्ता(कपडा तथा बिभिन्न मोटर साईकलमा प्रयोग हुने सामान फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको । 

बरामद सामाग्रीहरू 

 लेडिज टप कुर्ता ५५ पिस,मोजा ४९ जोर, लेडिज कुर्ता सुरुवाल सेट ३२ पिस 

स्याण्डो भेष्ट ६ पिस,जामा ठुलो २ पिस,प्लाष्टीकको झोला ४ बोरा अ १०० केजी 


त्यसैगरी - जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं।१४ स्थित जतुवा नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी विभिन्न किसिमका  खाधान्य सामाग्रीहरु ल्याएको अन्दाजी मुल्य रू १९ हजार भन्दा बढिको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको । 

बरामद सामाग्रीहरू

 पापड ११ प्याकेट,पानिपुरी ६ प्याकेट ६ केजी 

रसगुल्ला १० बट्टा,ह्ययाप्पी डेन्ट चक्लेट  ३ प्याकेट ४ बट्टा 

बिभिन्न ब्राणडका मसला मसला १३ पिस ३ केजी  जिरा मसला १ केजी ,भुजिया ११ प्याकेट ५ केजी  

काजु २ केजी ,विभिन्न ब्रान्डका  बिस्कुट १५ प्याकेट अ २ केजी ,जेल पेन २ बट्टा रिफिल २,लोटस ५ बट्टा 

लेज ३९ प्याकेट ,सरफ ५ प्याकेट ५ केजी ,रेडबुल २० पिस 

चिनि ४० केजी ,बिभिन्न ब्राण्डका चक्लेट ३ प्याकेट 

किसमिस ३ केजी ,चिया ५ केजी ,किचन किङ चामल २ बोरा  

सुर्ती २ बोरा ३६ प्याकेट


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.