Websoft University

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने


काठमाण्डौ माघ १३ गते । रातो तारा डट कम,राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन्सा तदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । पुलिस र वालिङबीचको खेल बिहान साढे ११ बजेबाट सुरु हुनेछ । 

वालिङविरुद्ध मैदान उत्रदा पुलिस दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो । तर, दोस्रो खेलमा पुलिसले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६–० गोल अन्तरले पराजित गरेको थियो । पुलिस २ खेलमा ४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । वालिङको २ खेलमा १ अङ्क रहेको छ । यस्तै दोस्रो खेलमा साविक विजेता एपीएफले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । 

एपीएफ र आर्मीबीचको खेल दिउँसो साढे २ बजेबाट सुरु हुनेछ । एपीएफ लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । एपीएफ २ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । आर्मी दोस्रो जितको खोजीमा हुनेछ । आर्मी २ खेलमा ४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.