Websoft University

नागरिकको स्वास्थ्य नै हाम्रो सम्पत्ति हो-उपमेयर पराजुली


मोरङ बेलबारी १७ पुष । राााा तारा डट कम,तोतोत मोरङको बेलबारी नगरपालिकाले पूर्ण सरसफाई मार्गदर्शन २०७३ अनुसार स्वच्छ सफा नगर निर्माणका निम्ति आफ्नो नगर क्षेत्रभित्रका वडा टोलभित्रका घरहरुलाई सरसफाईको आधारमा वर्गिकरण गर्ने कामलाई तिब्रता दिएको छ। बिहीवार एक कार्यक्रमका बीच पूर्ण सरसफाइयुक्त वस्ती घोषणा गर्दै बेलबारी ११ को संगम टोलका घरघरमा  नगरपालिकाकी  उपमेयर ढाकाकुमारी पराजुलीले हरियो स्टिकर टाँसेर कार्यक्रम उद्घाटन गरिन् ।नगरपालिकाले पहिलो चरणमा वडा नं ११,वडा नं ८  र वडा नं १० का विभिन्न टोललाई नमुना वस्तीका रुपमा काम सुरु गरेको थियो।आधारभूत सरसफाइका सम्पूर्ण मापदण्ड पूरा गरेका घरहरुको अनुगमन गरि हरियो स्टिकर वितरण गरेको नगरपालिकाकी उपमेयर एवम् अनुगमन समिति संयोजक ढाकाकुमारी पराजुलीले बताइन्।सफा स्वच्छ क्षेत्रको प्रतीक हरियो स्टिकर टाँस्दै बेलबारी नगरपालिकामा प्रमाणीकरणको थालनी गरिएको छ।

 सरसफाईका ६ ओटा सुचकको आधारमा घरआँगन र परिवारको स्वास्थ्य–व्यवहार हेरेर गाउँस्तरीय पालिकास्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समितिको सिफारिसमा जिल्ला खानेपानी तथा सरसफाइ समन्वय समितिले हरियो स्टिकर दिने गर्छ ।जुन घरका सदस्य चर्पीमा दिसापिसाब गर्छन्, फर्केर साबुनपानीले हात धुन्छन्, त्यसले हरियो स्टिकर पाउँछ । हरियो स्टिकर पाउन घर र आँगनसमेत सफा हुनुपर्छ, अनि खाना र पानी पनि अनियमित र दूषित हुनुहुन्न लगायतका सूचकका आधारमा घरमा हरियो स्टिकर टाँसिएको छ ।सरसफाइका सूचकहरुलाई ६ खण्डमा वर्गीकरण गरी तिनका प्रत्येक उपसूचकहरुलाई समेत अंकभार दिइएको छ, जसका आधारमा सम्बन्धित टोल विकास संस्था वा टोल पूर्ण सरसफाइ व्यवस्थापन समितिले स्वअनुगमन गरी अनुगमन तालिकामा अंक दिंदै जानुपर्ने प्रावधान छ । प्रत्येक अनुगमनका क्रममा अंक दिंदै जाँदा तीन पटकको अनुगमनमा सतप्रतिशत अंक प्राप्त गर्ने घरधुरीले हरियो स्टिकर प्राप्त गर्ने प्रावधान छ।

सफा र स्वच्छ वातावरणमा बाँच्न पाउनुलाई नेपालको संविधानले व्यक्तिको मौलिक हकको रुपमा स्थापित गरेको छ।पाँच वर्षभित्र जिल्लालाई नै सफा र स्वच्छ क्षेत्रको अवस्थामा पुर्याउने जिल्लाको लक्ष्य कठिन र महत्वाकांक्षी जस्तो देखिए पनि सबै स्थानीय तह, वडा, टोल र घरधुरीले अभियान सञ्चालन गरेर यसलाई सफल पार्नुपर्छ।सफा र स्वच्छ वातावरणमा बाँच्न पाउनुलाई नेपालको संविधानले व्यक्तिको मौलिक हकको रुपमा स्थापित गरेको छ।नागरिकको संवैधानिक हकको सम्मान र रक्षा गर्नुका साथै सरसफाइ र स्वच्छताको माध्यमबाट समृद्धिका लागि पूर्ण सरसफाइ अभियानलाई व्यवस्थित रुपमा अघि बढाउनुपर्छ।सरसफाइसँगै आत्मनिर्भर बन्न उद्द्मशीलतालाई पनि जोड दिन नगरपालिकाले सहयोगी भूमिका निर्वाह गर्छ- कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी उपमेयर पराजुलीले भनिन् ।

कार्यक्रममा नारीविकास संघका प्रतिनिधिहरु शर्मिला मगर,रीता निरौला,टोल विकास संस्थाका प्रमुख र प्रतिनिधिहरुको उपस्थिति थियो। पूर्ण सरसफाइका लागि बेलबारी नगरपालिकाले  युएन ह्याबिट्याट र नारी विकास संघसंग समन्वय गरि काम गरिरहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.