Websoft University

विराटनगर –१० मा एचडियु र अक्सिजन सहितको थप १ सय बेडको कोभिड अस्पतालको आज उद्घाटन भयो

 


बिराटनगर पुस ५ गते । रातो तारा डट कम, आठ करोडको लागतमा बनेको नागरिक केयर सेन्टरको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् ।

प्रदेश सरकार, विराटनगर महानगरपालिका र नीजि क्षेत्रको नागरिक केयर सेन्टरको सहकार्यमा आठ करोडको लागतमा विराटनगर –१० मा एचडियु र अक्सिजन सहितको थप १ सय बेडको कोभिड अस्पतालको आज उद्घाटन भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा अव प्रदेश सरकारले लिने बताएका छन् । उनले कोरोनाको उपचारको कममा नीजि अस्पतालले नागरिकको घरवास समेत उठाएकोले गुणस्तरीय निःशुल्क उपचारका लागि अस्पतालको निर्माण गरिएको बताए ।

कोराना सङ्क्रमित जनताले अक्सिजनको अभाव र सहज उपचार उपलव्ध नहुदा अकालमै ज्यान गुमनाउनु परेकोमा दुःख व्यक्त गदै मुख्यमन्त्री राईले नौलो सोच र छोटो समयमा कोभिड अस्पतालको भौतिक संरचना निर्माणबाट उपचारमा सहयोग पुग्ने बताए । उनले संविधान निर्माण एवं सङ्घीयतामा नीजि क्षेत्र राष्ट्रको एउटा खम्वा भएकोले राष्ट्र निर्माणमा सहकार्य गर्न सकिन्छ भन्ने उदारण नव निर्माण भएको कोभिड अस्पतालको सफल प्रयोग हुने बताए ।

मुख्यमन्त्री राईले कोरोना महामारीबाट नागरिकको उपचारका सम्वन्धमा समाजमा रहेको विभेद अन्त्य गरेको छ भन्दै अस्पताल निर्माणमा राजनीतिक स्वार्थ विना सवै पार्टी, नागरिक समाज आपसमा मिलेर अस्पतालमा तयार गरेको विचार व्यक्त गरे ।

सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रको सहकार्यमा निर्माण गरिएको अस्पताल अत्यन्तै सराहनी कार्य भएको चर्चा गर्दै यसको व्यवस्थापन चुस्त र दुरुस्त राख्न आग्रह समेत गरे । उनले कोरोनाको जोखिम हटेपछि विशिष्टकृत अस्पतालको रुपमा प्रयोग गर्नु पर्नेमा जोड दिदै यसका लागि आवश्यक पर्ने सहयोग सङ्घीय सरकारबाट उपलव्ध गराउने प्रतिवद्धता जनाए ।

अस्पताल निर्माण नीजि क्षेत्रको सहयोगमा अनुकरणीय कार्य भएको चर्चा गर्दै प्रदेश १ का प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कोरोना सङक्रमितहरु अक्सिजन विना छटपटाएको कैयन घटनाको स्मरण गर्दै अव सहज उपचार सेवा उपलव्ध हुने विश्वास व्यक्त गरे ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोभिड अस्पतालको क्षेत्रमा थप १ सय बेडको भेन्टिलेर अस्पतालमा चाँडै निर्माण कार्य शुरु गर्नका लागि स्विस सरकारबाट चार करोड सहयोग उपलव्ध भएको जानकारी दिदै फोहर व्यवस्था, वाटर ट्रिटमेन्ट, र अक्सिजन प्लान्ट आदि यस क्षेत्रमा निर्माण गर्ने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सङ्क्रमित नागरिकको उपचारको समस्याका कारण नीजि क्षेत्र एवं प्रदेश र स्थानीय सरकारको सोच अनुसार अस्पताल निर्माण भएको बताउँर्दै भविष्यमा यस अस्पताललाई विशिष्टकृतको मुटु रोग उपचार केन्द्र बनाउनु पर्नेमा जोड दिए ।

नागरिक केयर सेन्टरका अध्यक्ष पवन सारडा, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दवहादुर कार्कीले अस्पतालको निर्माणबाट यस प्रदेशका साथै छिमेकी प्रदेशका नागरिकले सहज उपचारको सुविधा प्राप्त हुने बताए ।

अस्पताल निर्माणका लागि प्रदेश सरकारले एक करोड, महानगरपालिकाले २५ लाख र विभिन्न नीजि क्षेत्रका उद्योगी, व्यापारी, वैंक लगायतले छ करोड ७५ लाख सहयोग उपलव्ध गराई आठ करोडमा अस्पताल निर्माण सम्पन्न भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.