Websoft University

कोभिड–१९ विरुद्धको खोप सम्बन्धी वैदेशिक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक लाई निर्देशन


काठमाण्डौ मंसिर २१ गते । रातो तारा डट कम,सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि वैदेशिक समन्वय गर्न स्वास्थ्य सेवा विभागलाई जिम्मा दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट खोप सम्बन्धी संगठन गाभीसँग समन्वय गर्न र खोप सम्बन्धी अन्य वैदेशिक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहलाई अधिकार दिएको हो । विभिन्न उद्योगहरुबाट उत्पादित खोपहरु सहुलियत दरमा उपलब्ध गराउने र नेपाल पनि त्यस संयन्त्रमा सहभागि भएकोले उक्त खोप प्राप्त गर्न सरकारले काम अगाडी बढाएको मन्त्रालयले जानकारी गराएकोछ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.