Websoft University

इँटा उद्योगले पालना गर्नुपर्ने नियमका विषयमा अन्तरक्रिया

 


विराटनगर मंसिर १६ । रातो तारा डट कम, मोरङको रंगेलीमा एकीकृत हातेमालो समाज नेपालको आयोजनामा बेटर ब्रिक नेपाल परियोजना तथा स्वास्थ्य मापदण्डको विषयमा नगरस्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । 

ग्लोबल फेयरनेस इनिसिएटिभको सहयोग र रंगेली नगरपालिकाको समन्वयमा अन्तरक्रिया सम्पन्न भएको हो । रंगेली नगरपालिकाकी उपाध्यक्ष्य केशवकुमारी खरालको अध्यक्ष्यता सम्पन्न्न अन्तरक्रियामा बेटर ब्रिक नेपाल परियोजनाले गत सिजनमा सम्पन्न क्रियाकलापका बारेमा परियोजनाका फिल्ड कोर्डिनेटर सुनिता ताम्राकारले सरोकारवालाहरूलाई जानकारी गराएकी थिइन् । परियोजनाले इँटा उद्योगले पालना गर्नुपर्ने कानुनका लागि विभिन्न क्रियाकलापमार्फत धनपालाथान–६ र रंगली–३ स्थित आनन्द इँटा उद्योगलाई सहयोग गरिरहेको छ । अन्तरक्रियामा ताम्राकारले बालश्रम, बाध्यकारी श्रम नपरेको स्वच्छ र सफासहित मानवीय संवेदनाले भरिएको इँट्टा उत्पादनमा परियोजनाले काम गरिरहेको जानकारी दिइन् । घर, भवन, सडकका नाला, कार्यालय सबै संरचना निर्माणमा इँट्टाको प्रयोग गरिन्छ ।  “खुसी र सुखी श्रमिकले उत्पादन गरेको इँट्टा प्रयोग गर्नुपर्छ भन्ने मुख्य परियोजनाको थिम हो,” ताम्राकारले भनिन्, “त्यसैले बालश्रम, इच्छाविपरीत तथा जबरजस्ती श्रम, अमानवीय व्यवहारलगायत नभएको इँट्टा उत्पादनमा हाम्रो जोड हो ।” 

कोरोना संक्रमणको त्रासको समयमा स्वास्थ्य सावधानी अपनाएर उद्योग सञ्चालनका लागि जारी गरिएको स्वास्थ्य मापदण्डको बारेमा पनि छलफल भएको थियो । छलफलमा, उद्योगका कामदार र उनीहरूका बालबालिकाको स्वास्थ्य र शिक्षाको व्यवस्थाका बारेमा चासो प्रकट गरिएको थियो । कार्यक्रममा रंगेली–६ का वडाध्यक्ष्य रुपेश मण्डलले परियोजना अन्य उद्योगमा पनि लागू गर्नुुपर्नेमा जोड दिए । रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले नगरपालिकाको कार्यक्षेत्र भएको बताउँदै अन्य उद्योगमा पनि कानुनको पालनाका लागि परियोजनाले सहयोग गर्नुपर्ने बताए । “परियोजनाले यस क्षेत्रका दुई उद्योगमा राम्रो काम गरिरहेको छ,” सुवेदीले थपे, “अन्य उद्योगमा पनि परियोजनाले काम गरोस् भन्ने हाम्रो अपेक्षा छ ।” 

इँट्टा उद्योगमा श्रम सम्बन्धित चुनौतीहरूको सम्बोधन गर्न २०१३ बाट बेटर ब्रिक नेपाल परियोजना सुरु भएको हो । परियोजनाले सफा इँट्टा उत्पादनमा सहजीकरण र बजारको प्राथमिकता सिर्जना गर्ने काम गर्दछ । उद्योगहरूलाई प्राविधिक सहयोग र बजारमा पहुँच सिर्जना गरी लाभान्वित गरिन्छ । जसबाट सफा इँट्टाका उपभोक्ताहरूलाई सामाजिक तबरले उत्तरदायी र उच्च गुणस्तरयुक्त इँट्टा उत्पादनको प्रत्याभूत गरिन्छ । परियोजनाले ४० वटा इँट्टा उद्योगमा काम गरिरहेको छ । हातेमालोले भने मोरङ, भक्तपुर र काठमाडौंका ५ वटा उद्योगमा काम गरिरहेको ताम्राकारले जानकारी दिइन् । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.