Websoft University

प्रदेश १ मा १७५ संक्रमित थपिए, ४९ जना डिस्चार्ज

 


विराटनगर, २५ मंसिर । रातो तारा डट कम, प्रदेश १ मा आज १७५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६१, मोरंगमा ५५, झापामा ३४, ताप्लेजुङमा ५, धनकुटा र संखुवासभामा २–२, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका  १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ३१, धरानमा १८, बर्जुमा ४, इनरुवा र रामधुनीमा ३–३, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१, मोरंगको विराटनगरमा १७, केराबारीमा १५, उर्लाबारीमा ८, बुढीगंगामा ५, बेलबारीमा ३, लेटाङमा २, कटहरी, पथरीशनिश्चरे र कानेपोखरीमा १–१ र स्थानीय तह नखुलेका २ जना, झापाको विर्तामोडमा १२, दमकमा १०, शिवसताक्षी र हल्दिबारीमा ३–३, कनकाई र कमल गाउँपालिकामा २–२, मेचीनगर र अर्जुनधारामा १–१, ताप्लेजुङको फुङलिङमा २, मिक्वाखोला, श्रीजंगा र फक्ताङलुङमा १–१, धनकुटाको धनकुटा नगरपालिका र चौविसेमा १–१, संखुवासभाको सिलिचोङ र सभापोखरीमा १–१, खोटाङको साकेला, उदयपुरको बेलका, इलामको माई र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका  १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ६७७ पुगेको छ ।

प्रदेश १ मा आज ४९ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २१, विराट सामुदायिक भवन आईसोलेसनबाट १०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९, मेची अस्पतालबाट ४, मारवाडी सेवा सदन आईसोलेसनबाट २,  विराट मेडिकल कलेज, न्युरो अस्पताल र कालिसदन आईसोलेसनबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ४५२ पुगेको छ ।

प्रदेश १ मा आज ९३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६० महिला र ११५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९९ हजार १५९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.