Websoft University

मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

 


बिराटनगरपौष ५ गते । रातो तारा डट कम, प्रहरी चौकी कुदाककाउले भोजपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश कुमार निरौला मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी(BEST POLICE OF THE MONTH)  घोषित भएका छन् ।

 

विभागिय मुल्य-मान्यता,आदेश-निर्देशनको पालना गरी व्यवसायिकलगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै उत्कृष्ट कार्यालय व्यवस्थापनविभिन्न अपराधिक घटनाका फरार प्रतिवादी पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनिय  कार्य गरेकोले इलाका प्रहरी कार्यालय हरैचा मोरङ दरवन्दी भई प्रहरी चौकी कुदाककाउले भोजपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश कुमार निरौलालाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो  

 

 प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

 

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय   स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.