Websoft University

आगलागीबाट १ जनाको मृत्यु २ जना घाईते -अन्दाजी ४ लाख बराबरको क्षति

 


बिराटनगर पौष ५ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-१४ झट्याई बस्ने राजेश तत्माको घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान राती साँढे १२ बजेको समयमा तत्माको बाँसको टाटीको गाह्रो र टिनको छाना भएको एक तले कच्ची घरमा अचानक आगलागी हुँदा राजेश तत्माको १४ बर्षीय छोरा रविन दाश तत्माको जलेर मृत्यु भएको हो । उक्त आगएलागीमा परी निजको श्रीमती ३२ बर्षीया ईन्दु देवी तत्मा र निजकै छोरा ७ बर्षीय किशन कुमार तत्मा घाईते भएका छन् । घाईतेको दुबै जनाको कोशी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो आगलागीमा परी निजको घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा लगाएत सम्पुर्ण समान जल्दा निजको अन्दाजी ४ लाख बराबरको क्षति भएको र उक्त आगलागी बिराटनगर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती साँढे १ बजे नियन्त्रणमा आएको ऊक्त कार्यालयले जनाएको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.